सिंजाको पाण्डवगुफामा धार्मिक महोत्सव हुने


जुम्लाको कनकासुन्दरी गाउँपालिका – ८ कुटघरस्ति पाण्डवगुफा माद्यामिक विद्यालयमा धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव हुने भएको छ । नेपाली भाषा उद्गम थलो सिंजा उपत्यकामा धार्मिक महोत्सव हुने भएको हो । असोज २८ देखि कार्तिक ५ गतेसम्म सप्ताहाव्यापी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव हुने भएको हो ।
खलंगामा पत्रकार सम्मेलन गरी आयोजकले धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव गर्ने जनाएको छ । महोत्सवमा मृदृभाषी नरेश भागवतोपासकजी महाराज प्रमुख बाचकको रुपमा पुग्ने आयोजकले जनाएको छ ।
धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सवले पाण्डवगुफा माद्यामिक विद्यालयको सर्वाङ्गीण विकामा टेवा पु¥याउने लक्ष्य लिइएको आयोजकले जनाएको छ । विद्यालयको भौतिक, शैक्षिक लगायत सर्वाङ्गीण विकासका लागि धार्मिक महोत्सव आयोजना गरिएको संविधान सभा सदस्य डिल्ली काफ्लेले बताए । २००९ सालमा स्थापना भएको विद्यालयको स्तरबृद्धि भएको छैन । जुम्लामा सवै भन्दा पहिला चन्दननाथ माध्यामिक विद्यालय स्थापना भएको हो । त्यसपछि यही सिंजाको कोटघरस्थित पाण्डवगुफा माध्यामिक विद्यालय स्थापना भएको हो । तर अहिलेसम्म पनि भौतिक संरचनादेखि अन्य कुराको अभाव छ ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस