जुम्ला । विधालयकाे निर्णय विपरित यू-१६ फुटबलकाे फाईनल खेल खेलेकै भन्दै १२ जना छात्रालाई निस्कासन गरेकाे चन्दननाथ माविले आफ्नाे निर्णय सच्चयाउने तयारी गरेकाे छ ।
विधालयले आईतबार १२ जना छात्रालाई विधालयकाे निर्देशन र निर्णय विपरित फुटबल खेलेकाे भन्दै निस्कासन गरेकाे थियाे ।
एन्फाले चित्त बुझ्दाे निर्णय नगरेकाे, छात्राले विधालय विरुद्द कमद चालेपछि बाध्य भएर निस्कासन गरेकाे विधालयकाे दाबी छ । १२ जना छात्रा निस्कासनकाे कारण एन्फा भएकाे समेत चन्दननाथ माविकाे दाबी छ ।
१२ जना छात्रा निस्कासित गरेकाे विषयमा चर्काे आलाेचना भएसंगै उक्त निर्णयलाइ तत्काल सच्याउने तयारी गरेकाे चन्दननाथ माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राेकायाले बताए ।
निर्णय व्यवस्थापन समितिकाे राय विनै गरिएकाे विव्यस अध्यक्ष राेकायाकाे भनाई छ । ‘हिजाे सबै निर्णय आवेगमा भएकाे हुँदा हामीले उपस्थिति जनाएनाैं । उहाँले भन्नुभयाे, “कम्तिमा एक दिन ढिलाे भयाे भने परिस्थिति केही शान्त हाेला भन्ने लागेकाे थियाे। माहोल शान्त हुँदैछ पनि । अभिभावक संग बसेर हामी छलफल गर्ने तयारीमा छाै ।”
जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा भएकाे अन्तर विद्यालय स्तरीय अन्डर -१६ प्रतियोगिताकाे फाइनल खेलेकाे भन्दै छात्रा विद्यार्थीहरुलाई विद्यालयले निकालेकाे थियाे।
अध्यक्ष राेकायाका अनुसार साेमबार निस्कासनमा परेका विद्यार्थी, उनीहरुका अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच बैठक बसेर आइतबारकाे निर्णय सच्याइनेछ।
‘निस्कासनमा परेका छात्राहरु पुन: स्कुलमा पढ्न पाउने व्यवस्था मिलाइनेछ । उनले भने,”अलि आवेगमा निर्णय भयाे। याे सबै सच्याउनेछाैं र आगामी दिनमा अझ संयम हुनेछाैं। अन्तर विद्यालय स्तरीय छात्र र छात्रा दुबैमा सहभागिता जनाएकाे चन्दननाथ माध्यमिक विद्यालयले असाेज १७ गते भैरव माध्यमिक विद्यालयका छात्रहरु विरुद्धकाे सेमी फाइनल खेलकाे थियाे। उक्त खेलमा विवाद भएपछि स्कुलले सहभागिता नजनाउने भनी खेलाडीहरु मैदान छाेडेर हिडेका थिए।”
पछि विद्यालयले विज्ञप्ति निकालेर एन्फाबाट अन्यायमा पारिएकाे भन्दै छात्राहरु समेतलाई फाइनले खेलमा नपठाउने निर्णय गरेकाे थियाे। विद्यालयकाे निर्णय विपरीत छात्रा विद्यार्थीहरुले फाइनल खेलेपछि निस्कासन गरिएकाे थियाे।
तर छात्राहरु भने त्यस अगाडि नै विना विवाद फाइनलमा पुगिसकेका थिए। फाइनलमा पुगेकाे हुनाले पनि खेल्ने चाहना बढेकाे सहभागी छात्रा खेलाडीकाे सामुहिक स्वर थियाे।
याे विषयमा समाचार प्रकाशन भएपछि सामाजिक संजालमा विद्यालयकाे निर्णय विरुद्ध व्यापक विराेध भएकाे थियाे। यस विषयमा विभिन्न विद्यार्थी संगठनले निर्णयकाे विराेध गर्दै आन्दोलनकाे चेतावनी दिएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकलाई कार्यालयमा बाेलाएर छलफल गराई निर्णय सच्याउन अनुराेध गर्ने तयारी थालेकाे शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए ।
निस्कासन गरिएका विद्यार्थीलाई स्कुलमा फर्काउने विषयमा सकारात्मक तवरले छलफल चलिरहेकाे चन्दननाथ नगरपालिका -४ का वडा अध्यक्ष नवराज देवकोटाले बताए ।



