जुम्लामा पनि समाजवादी मोर्चा घोषणा


जुम्ला ः जुम्लामा पनि समाजवादी मोर्चा घोषणा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी सि, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी बीच बनेको समाजवादी मोर्चा घोषणा गरिएको हो ।
मोर्चाको संयोजकमा नेकपा तर्फबाट सफल सि रहेका छन् । सदस्यमा नेकपा एसका तिर्थवहादुर बुढा र पदमवहादुर रोकाया, नेकपा माओवादी केन्द्रका लक्ष्मी प्रसाद उपाध्याय र विष्णुवहादुर महत र नेकपाका अकल सि रहेका छन् ।
मोर्चाको नेतृत्व प्रत्येक ४÷४ महिनामा आलोपालो गर्ने जनाएको छ । असोज १९ गते बसेको तीन राजनीतिक दलको संयुक्त बैठकबाट मोर्चा गठन भएको हो । समाजवादी मोर्चाका सदस्य विष्णुवहादुर महतका अनुसार समाजवादी मोर्चाका प्रदेश कमिटि सदस्य विराट सिको उपस्थितिमा बुधबार मोर्चा घोषणा भएको हो ।
समाजवादी मोर्चाका कर्णाली प्रदेश सदस्य विराट सीले भने अहिलेको बर्तमान अवस्थामा कम्यूनिष्टहरु एक ठाउँमा उभिनु पर्ने अवस्था आएको छ । अहिले देशमा चार दलिय मोर्चा भएपनि जुम्लामा भने तीन दलिय मोर्चा बनेको छ ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस