जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले वडा–वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । बैशाख मसान्तमै आर्थिक वर्ष सकाउने लक्ष्य लिएको तातोपानीले वडामै पुगेर योजना सम्झौता कार्य गर्न थालेको हो ।
केहि गाउँपालिकाबाट अझै खाता सञ्चालन भएको छैन् । कतै बजेट विवाद छ । भने कतै वडामा कम बजेट आएको भन्दै वडाध्यक्षहरु विज्ञप्ती निकाल्दै ठिक्क छन् ।
अन्यपालिका अलमलमै भईरहेको बेला तातोपानीले वडामै पुगेर योजना सम्झौता कार्य थाल्दा पुँजीगत खर्चमा प्रगती र विकासमा गुणस्तर ल्याउने आशा जागेको छ ।
वडामै पुगेर योजना सम्झौता गर्ने अभियान अन्तरर्गत बुधबार तातोपानीको वडा नं। २ का योजना सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए । उनका अनुसार २ नम्बर वडाका ७ वटा योजना सम्झौता गरिएको छ ।
जसमा मुनबाडा देखि ताबाडा सम्म जाने आरसिसि गोरेटो बाटो, कर्णाली राजमार्गदेखि चिहानघाट सम्म गोरेटो बाटो पिसिसि निर्माण,कर्णाली राजमार्ग देखी तातोपानी धारा सम्म रेलिङ र नाली निर्माण, डाँगीवाडा गाउँ गोरेटो बाटो पिसिसि निर्माण,थाप्ला देखि खाँजर्मी सिचाई कुलो निर्माण गोप्थाड रहेको छ ।
साथै सुन्दरगाउँ गोरेटो बाटो तटबन्धन निर्माण,कर्णाली राजमार्ग देखि हिमशिखर उच्च माध्यामिक विद्यालय सम्म आर सि सि सडक निर्माण ९मुख्यमन्त्री रोजगार अन्तरगत० गरी ७ चालु आवका ७ वटा योजना सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत कठायतले जानकारी दिए ।
पालिकाकै विशेष क्षेत्र वडा नंं। ७ र ८ मा प्राविधिक टोली योजना सम्झौताका लागि गएको र विवरण आउन बाँकी रहेको छ । पालिकाका ८ वटै वडाका योजना सम्झौता कार्यलाई पहिलो चौमासिकमै सकाउने लक्ष्यका साथ काम भईरहेको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।
उनले भने,“हामीले जिल्लामै पहिलो पालिका बन्ने गरी स्रोत र क्षामताले भ्याएसम्म काम गर्ने कोसिस गरिरहेका छौ । तर लाभ नपाएकै झोकमा अख्तियारमा मुद्धा हाल्ने प्रबृत्ती केहि समय खर्च भएपनि कार्यसम्पादन सम्झौता अनुसार काम गरिरहेका छौ ।”
वडामै पुगेर सम्झौता गर्दा उपभोक्ता समितिका पदाधिकारीहरु पालिका धाउने झन्झटबाट मुक्त हुनुका साथै राहत राहत समेत मिलेको छ ।
पालिकामा आउजाउ गर,फोटो खिच,नास्ता खाउ जस्ता गतिविधिले खर्च पनि बढ्ने र पछि पालिका धाउँदा यत्ति खर्च भयो भन्दै उपभोक्ता समितिले अतिरिक्त लाभ लिने प्रबृत्तिको समेत अन्त्य हुने आशा गरिएको अध्यक्ष चौलागाईको भनाई छ ।



