दसैं लक्षित सहुलियत पसलले विपन्नलाई राहत

जुम्ला । दसैं,तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सञ्चालित सहुलिय पसलले विपन्न नागरिकलाई राहत भएको छ । बजारमा महंगी बढ्दै गएको अबस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले सहुलियत मुल्यमा खाद्यन्न विक्री गर्न थालेपछि विपन्न नागरिक खुसी भएका हुन् ।

देशभरसंगै जुम्लामा पनि असोज २१ गतेबाट खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले सहुलियत पसल सञ्चालन गरेको छ । विगतमा दिँदै आएको मूल्य भन्दा सबैखाले चालममा प्रतिकेजी ७ रुपैयाँ छुट पाउँदा चामल लिने विपन्न नागरिकको भिड छ ।पातारासीकी बसन्ती ऐडी बजारको महंगीले दशैँ तिहार जस्ता चाडपर्वहरु पनि मनाउन मुस्किल भएको बताउँछन् । निको मसिनो खान नसकेपनि सहुलियत पसलमबाट सस्तोमा पाईने खाद्यन्नले पनि राहत मिल्ने उनको भनाई छ ।

नेक ब्लाष्ट रोगको प्रकोपले धानबाली सखाप भएपछि जुम्लाका अधिकांश किसान अहिले खाद्यकै चामलको भरमा छन् । बजारको महंगाीले सामान्य नागरिकलाई किनमेल गर्न मुस्किल छ । सहुलियत पसलले बसन्ती जस्तै हजारौ जुम्लीबासीलाई राहत मिलेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्ला शाखाका प्रमुख निर्मल बिष्टले सहुलिय पसलले विपन्न नागरिकलाई थोरै भएपनि राहत पुगेको बताए । उनले भने,“सहुलियत पसल सञ्चालन संगै चामल लिनेको दैनिकजसो भिड हुन्छ । संख्या एकिन भएको छैन् । तर सबै क्षेत्रबाट चामल लिन आईरहेका छन् ।

दशैँ तिहारका लागि १२ क्वीईन्टल मौज्दात

जुम्लामा यसपालीको दशैँ तिहारमा खाद्यन्न अभाव नहुने भएको छ । पटक पटक खाद्यन्न अभाव भोग्दै आएको जुम्लामा यस वर्ष दशैँ तिहारका लागि प्रयाप्त चामल मौज्दात रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले जुम्लामा दशैँ तिहारका लागि एक हजार दुई सय क्वीईन्टल खाद्यन्न स्वीकृत गरी पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख निर्मल बिष्टले बताए ।

यसपालीको दशैमा जुम्लामा खाद्यन्न अभाव हुने छैन् । त्यसका लागि आबश्यक खाद्यन्न मौज्दात भईसकेको छ । प्रमुख विष्टले भने,“दशैँ तिहारका लागि १२ सय क्वीईन्टल चामल मौज्दात छ । २२ गतेबाट सहुलियत मुल्यमा खाद्यन्न विक्री सुरु हुने छ । चाडपर्वका लागि १२ क्वीईन्टलनै स्वीकृत भएर आएको छ । जिरा मसिनो चामल सहुलियतमा उपभोक्तालाई विक्री गर्ने तयारी छ ।”

जुम्लाका लागि चालु आव २०८०÷८१ म कुल पाँच हजार पाँच सय कोटा खाद्यन्न स्वीकृत भएको थियो । जसमा नयाँ एक हजार तीन सय २० क्वीईन्टल चालम ढुवानी भएर आईसकेको छ । भने कुल जम्मा हाल दुई हजार दुई सय ३५ क्वीईन्टल खाद्यन्न सदरमुकाम पिडोमा मौज्दात रहेको प्रमुख विष्टले जानकारी दिए ।

कुल २३ सय ३५ क्वीईन्टल मौज्दात मध्य दशै तिहारका लागि मात्रै १२ सय क्वीइन्टल खाद्यन्न छुटाईएको छ । बाँकी एक हजार ३५ क्वीईन्टल चामल कारागार,विपद्,जन्म मृत्यु तथा सर्वसाधारणलाई खुल्ला विक्रीका लागि राखिएको छ ।

चालु आवको वार्षिक स्वीकृत कोटा ५५ सय क्वीईन्टल भएपनि १३ सय २० क्वीईन्टल मात्रै ढुवानी भएको र अझै चार हजार एक सय ८० क्वीईन्टल चामल ढुवानी हुन बाँकी रहेको शाखा प्रमुख विष्टको भनाई छ ।

दोस्रो चरणको चामल ढुवानीका लागि आसय पत्रको सूचना भएको र ठेकेदार संग सम्झौता गर्नु पर्ने पत्र आईनसकेको हुँदा रोकिएको उल्लेख गरे । यदपी चामल ढुवानीको पहल जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस