हिमामा मुटु जोगाउ अभियान : २३ सयकाे मुटु परिक्षण,१३ जना अप्रेसन लागि रेफर

जुम्ला । विकास संगै बढ्दाे विलासी जीवनले गाउँदेखि शहर सम्मका नागरिकमा मुटु राेग बढ्दाे छ । बच्चादेखि बृद्द सम्म   मुटुका राेगी छन् । मुटुकै समस्याका कारण कलिलै उमेरमा मृत्युवरण समेत गरेका धेरै घटना हामीले देखेका छाै ।

स्वास्थ्य भन्दा काममा बढी ध्यान दिने,उपचार पद्दती महंगाे हुँदा प्राय: नागरिक अस्पतालकाे पहुँच सम्म पुग्नै नसक्ने जस्ता कारणले मुटु मृगाैला राेगबाट नागरिक ग्रसित,हुने अबस्था छ ।

पछिल्लो समय नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप र धूम्रपानका कारण मानिस हरुमा हृदयघातको जोखिम बढिरहेको छ ।

गाउँगाउँमा मुटु राेगी बढेपनि अस्पताल पुगेर उपचार गराउने अधिकांशकाे आर्थिक स्थिती छैन् । केही राेग पालेर बस्न बाध्य छन् । भने काेहि उपचारकै पर्खाईमै छन् ।
दुर दराजका विपन्न नागरिककाे समस्या बुझ्दै हिमा गाउँपालिकाले विभिन्न राेगकाे उपचार गर्न निशुल्क शिविर चलाउदैँ आएकाे छ ।

हिमाकाे अध्यक्षमा लक्ष्मण बहादुर शाही निर्वाचित भए यता हिमा मात्रै,नाक काट,हड्डी,पाठेघर,आँखा,माेतिया विन्दु शल्यक्रिया हुँदै मुटु राेग परिक्षण अभियान समेत चलाईएकाे छ ।
अध्यक्ष शाही निर्वाचित भए यता १७ महिनाकाे अवधिमा विभिन्न खाले ७ वटा शिखिर सञ्चालन भईसकेका छन् । जसअन्तर्गत हिमाले ३ दिने मुटु राेग परिक्षण अभियान चलाएकाे छ ।

भर्खर निशुल्क माेतिविन्दु शल्क्रिया शिविरबाट ४१ जनाकाे शल्यक्रिया गरेकाे हिमाले मुटु जाेगाउ अभियान अन्तर्गत २१ सय बढी बालबालिकाे मुटु राेग परिक्षण गरिएकाे  छ ।

गाउँपालिकाकाे आयाेजना तथा `मुटु जाेगाउ´ काठमाडौंकाे प्राविधिक सहयाेगमा कुल दुई हजार तीन सय ७३ जनाकाे मुटु परिक्षण गरिएकाे गाउँपालिका अध्यक्षण बहादुर शाही जानकारी दिए  ।

उनले भने”मेराे पहिलाे प्रथामिकता नागरिककाे स्वास्थ्य हाे । हाल सम्म करिब ७ वटा विभिन्न राेगकाे शिविर चलाईसकेका छाै । पालिकाभरका सबै नागरिककाे निशुल्क बिमा गर्ने पनि नीति छ । विद्यार्थीहरूकाे मुटुकाे अवस्था थाहा पाउनकाे लागि परिक्षण गरेका हाै ।”

परिक्षण गरिएका मध्ये १३ जनाकाे नि:शुल्क शल्यक्रियाकाे लागि मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंमा रेफर गरिएकाे अध्यक्ष शाहीले जानकारी दिए ।

गाउँमै निशुल्क उपचार पाएपछि हिमाका विपन्न नागरिक खुसी भएका छन् । महंगाे खर्च गरेर उपचार गराउन जाने स्थिती नरहेका स्थानीय बालबालिका देखि बृद्दले गाउँमै उपचार पाउँदा मख्ख भएका हुन् ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस