जुम्ला । रासस र हिमालयन टाईम्समा कार्यरत पत्रकार विजय रावतलाई स्व.दिपबहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिने भएकाे छ।
कार्तिक १४ गते पत्रकार महेश नेपालीकाे अध्यक्षतामा बसेकाे छनाेट समितिकाे बैठकले यश वर्षकाे पुरस्कार रावतलाई प्रदान गर्ने निर्णय गरेकाे हाे।
पत्रकार रावत विकट कर्णालीकाे जुम्लामा रहि सक्रिय पत्रकारिता गर्दै आएका छन्।
पुरस्कारको राशी १० हजार रहकाे छ। उनलाई कार्तिक १५ गते एक समारोहबीच पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताएका छन्।
पत्रकार रावत यसै वर्ष प्रेस काउन्सिल नेपालले प्रदान गरेको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए।
हरेक वर्ष कर्णाली क्षेत्रबाट क्रियाशील पत्रकारलाई प्रदान गरिने उक्त पुरस्कार अघिल्लो वर्ष पत्रकार सागर परियारलाई प्रदान गएको थियोे।
प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार



