जुम्लामा भुकम्पकाे धक्काले घरमा क्षति

जुम्ला । गएराती जाजरकाेट आसपास केन्द्रबिन्दु बनाएर गएकाे भुकम्पकाे धक्काले ताताेपानी गाउँपालिका वडा नं ४ निवासी हरि बहादुर खत्रीकाे घरमा क्षति भएकाे छ ।

सुतेकै काेठाकाे पर्खाल भत्कीएपछि निद्रामै घर बाहिर निस्कीएर मानविय क्षतिहुनबाट बचेकाे खत्रीले बताए । पर्खाल भत्किनुका साथै केहिभाग चर्किएकाे छ । भाैतिक क्षति भएपनि मानवीय क्षति नभएकाे बताईएकाे छ । तर जाेखिमका हिसाबले घरमा बस्न सक्ने अबस्था छैैन् ।

यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा भुकम्पले गरेकाे क्षतिबारे कुनै सूचना नआएकाे बताए ।

भुकम्पले जाजरकाेट र रुकुम पश्चिममा ठुलाे जनधनकाे क्षति भएकाे छ । राहत र उद्दारमा जुट्न सरकारले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस