भूकम्पमा परी घाइते भएकाहरूलाई भेट्न ‍जाजरकोट अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन्।

जिल्ला अस्पताल जाजरकोट पुगेर उनले घाइतेहरूलाई भेटेका हुन्। गएरातीको भुकम्पमा परि जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको र तत्काल उपलब्ध केहि राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाईएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

गृहमन्त्रालयले पनि प्रभावित जिल्ला मात्र नभई आसपासका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उद्दार र राहतमा सहभागी बन्न निर्देशन दिइसकेको छ।

स्रोत: सेतोपाटी

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस