जुम्लामा सामान्य चोटपटक र केही घर विद्यालयहरु चर्किए

जुम्ला । गएको शुक्रबार राती पश्चिम नेपालको जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका – १ रानी डाडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जादा जुम्लामा केहि व्यक्तिहरू सामान्य  घाइते भएका छन् भने जुम्ला स्थित केही घर, विद्यालयहरुको पर्खालहरू चर्किएका छन ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको अनुसार सामान्य चोटपटक लागेकोमा तातोपानी गाउँपालिका वडा नं. ३ निवासी सिर्जना गौतम र उनको छोरा ११ महिनाको आयुष गौतमको आँखामा चोट लागेर सामान्य घाइते भएका छन् ।

आयुष गौतमको गाउँपालिका स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । सोही वडा निवासी बर्ष १४ को निराजन उपाध्याय, तिला गाउँपालिका वडा नं. ३ डाँगीवाडा निवासी बर्ष ११ कि सपना थापालाई सामान्य चोट लागेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

तातोपानी गाउँपालिका वडा नं. ४ निवासी हरि बहादुर खत्री सुतेको बेला घरको पर्खाल चर्किएर खस्दा आफू भाग्न खोज्दा खुट्टामा सामान्य चोट लागेको र मानवीय क्षति हुन बाट बचेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका वडा नं. ३, ५ र ९ मा रहेका केही घरहरू र बिद्यालयहरुको पर्खाल चर्किएको बताइएको छ । भने यता चन्दननाथ नगरपालिका वडा नं. ८ निवासी बर्ष ४६ को बिष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको विवरणमा उल्लेख गरिएको छ ।

घाइतेहरुको उपचार सामान्य भएको हुदा घरमै प्रथामिक उपचार गरिएको र आँखामा चोट लागेको १३ महिनाको आयुष गौतमको गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको विवरणमा बताइएको छ ।

यद्दपि समग्रमा जुम्ला स्थित गाउँपालिका / नगरपालिकामामा ठूलो मानवीय क्षति नभएको विवरणमा उल्लेख छ । भने भौतिक क्षति र क्षति भएको भौतिक संरचनाको राहतबारे उक्त विवरणमा खुलाईएको छैन ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले निकालेको क्षतिको विवरण हेर्नुहोस ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस