जुम्लाकाे बड्कीमा अटाे दुर्घटना : दुईकाे मृत्यु,एक घाईते

जुम्ला । जुम्लामा शनिवार राती अटाे दुर्घटना हुँदा दुईजनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । भने एक जना घाईते भएका छन् ।

हिमा गाउँपालिका वडा नं १ स्थित नाग्मबाट दियारगाउँ जाँदै गरेकाे भे १ ह ३९९७ नम्बरकाे अटाे बड्की गाउँ नजिक दुर्घटना हुँदा अटाे हिमा-१ निवासी अन्दाजी वर्ष ४५ चालक पदम शाही र साेहि वडाका अन्दाजी वर्ष ४२ का यात्रु बलि राेकायाकाे मृत्यु भएकाे जुम्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रल्हाद कार्कीले जानकारी दिनुभयाे ।

स्थानीय नन्द राेकाया घाईते भएका छन । घाईते राेकायाकाे अबस्था गम्भीर भएकाे उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुराईएकाे डिएसपी कार्किले बताउनुभयाे ।

दुर्घटनाकाे खबर पाउने बित्तिकै घाईतेकाे उद्दारका लागि पालिकाकाे एम्बुलेन्स पठाएकाे सिञ्जा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताउनुभयाे । उहाँका अनुसार अटाे सडकबाट ५ सय मिटर तल खाेलामा खसेकाे हाे । दुर्घटनाकाे खबर पाएसंगै प्रहरी निरिक्षककाे कमाण्ड टाेली घटनास्थल तर्फ गएकाे छ ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस