जुम्ला । हिमा गाउँपालिकाले पालिकाका नाममा नि:शुल्क जग्गा प्राप्त गरेकाे छ । लामाे प्रयासपछि पालिकाका नाममा हिमा-५ बाजागाडा स्थित ३९ सय वर्गमिटर जग्गा हिमा गाउँपालिकाले प्राप्त गरेकाे हाे ।
लामाे समयदेखि अन्याैल बनेकाे हिमाकाे प्रशासकिय भवन निर्माण र जग्गा प्राप्तीकाे विषय बल्ल टुंगाेमा पुगेकाे छ । लाखाै मुल्य पर्ने जग्गा नि:शुल्क प्राप्त गर्न पालिका सफल भएकाे हाे ।
हामीले नि:शुल्क पालिकाका नाममा जग्गा प्राप्त गर्याै । हिमाबासीका लागि खुसीकाे कुरा हाे ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्णम बहादुर शाही भन्छन,”लामाे समयकाे प्रयास र संघर्षकाे फल प्राप्त मात्र भएकाे छैन् । चुनावी घाेषणा पत्रनुसारकाे काम पनि भएकाे छ । पहिलाे गाउँसभा बैठकमै कुनै पनि हालतमा पालिकाकाे नाममा जग्गा ल्याउने र आफ्नै प्रशासकिय भवन बनाउने बाचा गरेकाे थिए । जग्गा प्राप्त गर्याै । भवन निर्माणकाे बाटाे खुल्याे ।”
हाल हिमा गाउँपालिकाले भाडाकाे घरबाट सेवा प्रवाह गर्दै आएकाे छ । स्थानीय तह लागु भएकाे लामाे समय बितिसक्दापनि हिमाले आफ्नै संरचना बनाउन सकेकाे छैन । त्यसकाे मुख्य चुनाैती भनेकै जग्गा प्राप्त गर्न नसक्नु हाे ।
लामाे समयकाे प्रयास र पहलपछि गाउँपालिकाले प्रशासकीय भवनका लागि नि:शुल्क जग्गा प्राप्त गरेसंगै हिमा गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाउने बाटाे खुलेकाे अध्यक्ष शाहीकाे भनाई छ ।
प्रशासकिय भवन निर्माणका लागि हिमा गाउँपालिका वडा नं.५ का दान बहादुर शाहीले ३१ सय र साेहि वडाका दलबीर शाहीले ८ सय वर्गमिटर गरि ३९ सय वर्गमिटर जग्गा पालिकाका नाममा राजिनामा समेत भएकाे छ ।
लाखाैकाे जग्गा नि:शुल्क दिने दुबै जना जग्गादातालाई धन्यबाद दिदै याेगदानकाे पालिकाले उच्च कदर गर्ने अध्यक्ष शाहीले बताए ।
जनता माझ गरेका बाचाहरु एकपछि अर्काे गर्दै पूरा गर्ने प्रयासमा छु । जग्गा नभएर भाडाका घरबाट सेवा दिनु पर्ने बाध्यता रहेपनि अब सहज हुनेे छ । स्राेत अभावकाे चुनाैती उस्तै छ । तथापी माग र आबश्यकतानुसारकाे काम गर्न लागि परेकाे उल्लेख गरे ।
आफ्नाे कार्यकालमा जग्गा प्राप्त र प्रशासकिय भवन निर्माण लाई प्रथामिकता दिएर लागेले सफल भएकाे दाबी गरे । जग्गा प्राप्तीका जग्गा दान गर्ने जग्गादाता र सहयाेगी सबैलाई हिमा गाउँपालिकाले धन्यबाद समेत दिएकाे छ ।





