जुम्ला । भुकम्पका कारण ताताेपानी गाउँपालिका वडा नं ३ काे सार्किबाडामा क्षति पुराएकाे छ । साेमबार साझ ४ बजेतिर गएकाे ५.८ रेक्टरकाे भुकम्पका कारण लिताकाेटकाे दलित बस्तीमा क्षति पुराएकाे हाे ।
ताताेपानी ३ निवासी सर्जन सुनारकाे घरमा भत्कीएपछि बारीमा त्रिपाल टागेर बसेका छन् । राहत त परै जावस साेधपुछ गर्न पनि काेहि आएका छैनन् ।
सर्जन भन्छन,’भुकम्पले घर भत्काएपछि बारीमा बस्न बाध्य छाै । १२ जनाकाे परिवार विचल्लीमा परेकाे छ । स्थानीय सरकार यतिबेला बेखबर छ । आफन्तकाे शरणमा जाउ भनेपनि छिमेकिहरु समेत पिडित छन् ।’

सर्जनका अनुसार लिताकाेटका १५-२० घरमा भुकम्पले क्षती गरेकाे छ । केही घरका पर्खाल चर्किएका छन् । भनेकेहि घर भत्केर बस्नै नमिल्ने भएका छन् ।
कार्तिककाे कठ्यांग्रिदाे चिसाेमा खुल्ला आकासमा बस्नु पर्दाकाे पीडा पिडितलाई मात्र थाहा छ । नत कुनै गैरसरकारी संस्थाले हरेका छन । न नजिककाे स्थानीय सरकारले राहत दिएका छन् । आएर हेरेर मात्रै गएकाे स्थानीय दिपक सुनारले बताए ।
उनले लिताकाेटका दलितकाे पिडाका विषयमा बाेल्ने वकालत गर्न नत सरकार रैछ नत पत्रकार रैछन् भनेर समेत सामाजिक सञ्जालमा आक्राेस पाेखेका छन् ।
स्थानीय सरकारले केही राहत दिएकाे खण्डमा सहज हुने पिडितकाे आशा छ ।
गत शुक्रबार साेमबार आएकाे भुकम्पलले जुम्लाकाे ताताेपानी तिला,पातारासी,गुठिचाैरका विभिन्न बस्तीका घरहरुमा आंशिक क्षती भएकाे छ । यदपी जिल्ला प्रशासनले क्षतिकाे विवरणबारे तथ्यांक सार्वजानिक गरेकाे छैन् ।
ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईले पिडितहरुकाे तथ्यांक संकलन भईरहेकाेले एकिन गरेर राहत दिईने बताए । उनका अनुसार पिडितलाई न्याय दिन पालिका तयार छ । लगत संकलनपछि राहत वितरण गर्ने उनकाे भनाई छ ।



