भुकम्प पिडितलाई गुठिचाैर गाउँपालिकाले साढे १० लाख सहयाेग गर्ने

जुम्ला । जाजरकाेट भुकम्पका पिडितकाे राहत उद्दारका लागि जुम्लाकाे गुठिचाैर गाउँपालिकाले साढे १० लाख सहयाेग गर्ने भएकाे छ ।

गत शुक्रबार जाजरकाेटकाे रामीडाँडा केन्द्र विन्दु भएर गएकाे ६.४ रेक्टर स्केलकाे भुकम्पका कारण जाजरकाेट,रुकुम पश्चिममा ठुलाे क्षति भएपछि पिडितकाे राहत उद्दारका लागि १० लाख ५१ हजार सहयाेग प्रदान गरिने निर्णय भएकाे गुठिचाैरका कार्यबाहक अध्यक्ष टिकादत्त न्याैपानेले बताए ।

उनले भने,’पिडितकाे राहत उद्दारका लागि खटिने सबैलाई धन्यबाद दिएका छाै । छिमेकी जिल्ला पिडामा परेकाे बेला सक्दाे सहयाेग गर्नु हाम्राे दायित्व हाे । पिडितकाे राहत उद्दार तथा पुर्नस्थापनाका लागि सहयाेग गर्दै छाै । यसकाे सहि सदुपयाेगकाे समेत अपिल गर्दछु ।’नेपाल सरकारकाे प्रधानमन्त्री दैविक प्रकाेप काेषमा रकम जम्मा गरिने गुठिचाैरले जनाएकाे छ ।

यसअघि जुम्लाकाे ताताेपानीले १० लाख,पातारासीले ५ लाख र सिञ्जा गाउँपालिकाले १ लाख सहयाेग गरिसकेका छन् ।भुकम्पबाट रुकुम पश्चिम र जाजरकाेटका १ सय ५३ जनाकाे मृत्यु भएकाे छ ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस