जुम्ला । जारकोटमा भुकम्पका कारण ३ सय ४१ विद्यालयमा क्षति भएको छ । सामाजिक विकास कार्यालय जाजरकोटले शुक्रबार सार्वजानिक गरेको तथ्यांकअनुसार जाजरकोटका ७ स्थानीयतहका ३ सय ४१ विद्यालयमा क्षति भएको सामाजिक विकास अधिकृत यज्ञेश्वर खत्रीले बताए ।
उनका अनुसार जाजरकोटका ८ पालिका गरी जम्मा विद्यालय संख्या ४ सय २३ रहेकोमा ३४१ विद्यालयमा क्षति भएको हो ।
जसमा भेरी नगरपालिकाका ५१ वटा,नलगाड नगरपालिकाका ४७ वटा,छेडागाड नगरपालिकाका ४५,कशे गाउँपालिकाका ५५,शिवालय गाउँपालिकाका ४०,बारेकोट गाउँपालिकाका ३९, र जुनीचाँदे गाउँपालिकाका ६४ वटा विद्यालयमा क्षति पुगेको हो ।

त्यसैगरी जाजरकोट जिल्लाका २ सय ८९ वटा विद्यालय भवन पुर्ण रुपमा ध्वस्त भएका छन् । भने, ५ सय ९८ भवनका आशिंक क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्राविधिक सहायक जगदीश न्यौपानले बताए ।
उनका अनुसार भुकम्पले एक हजार पाँच सय ९९ वटा कक्षा कोठामा क्षति भएको छ । भने १३ जना विद्यार्थीको मृत्यु र ९७ विद्यार्थी भुकम्पबाट घाईते भएका छन् । एक जना शिक्षकको मृत्यु भएको छ ।
त्यसैगरी १०३ वटा शौचालयमा पुर्णरुपमा क्षति र १८१ शौचालयमा आशिंक क्षति हुँदा ४७ वटा विद्यालयको घेराबारमा पुर्ण क्षति भएको छ । ७ वटा आईसीटि ल्याबमा समेत क्षति पुगेको छ । भने २ वटा विद्यालयको सोलार सिस्टममा क्षति भएको जनाइएको छ ।
अन्यक्षेत्र जस्तै भुकम्पले जाजरकोटको शिक्षा क्षेत्र पनि तहन नहस मात्र भएको छैन् । करोडौको क्षति व्यवहोर्नु परेको सामाजिक विकास अधिकृत खत्रीले उल्लेख गरे । पुर्ण रुपमा क्षतिग्रष्त विद्यालयमा पठनपाठननै गर्ने स्थिती छैन् । पुनःनिर्माणमा गती नदिए तिहार लगत्तै हुने पठनपाठनमा बाध्य पुग्ने भएको छ ।

साथै ३१ वटा सरकारी कार्यालयका भवनहरूमा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयहरू पूर्णरूपमा भत्किएका छन् । भने २५ वटा कार्यालयका भवनहरूमा आंशिक क्षति हुँदा सेवा प्रवाह समेत प्रभावित बनेको छ । भूकम्पका कारण प्रभावित भएका जिल्लाका १३ हजार नागरिक विस्थापित भएका छन् ।
भुकम्प प्रभावित जिल्लामा राहतको ओईरो लागेपनि पिडितले नपाएको गुनासो गरिरहेका छन् । कठयाग्रिदो चिसोमा पिडित खुल्ला आकाशमै बस्न बाध्य छन् ।
सबै पिडितलाई अझै त्रिपाल समेत पुग्न सकेको छैन् । उद्दारमा सक्रियता देखाएको सरकारले राहत वितरणमा लापरबाहि गरेको पिडितको गुनासो छ ।



