पर्यटनबाटै जुम्ला चिनाउन चन्दननाथमा ‘पर्यटन बोर्ड’ गठन

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला कृषि,पर्यटन,भाषा,साहित्य ,सभ्यता तथा परम्पराका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । प्राकृतिक पर्यटन,पर्यापर्यटन,ऐतिहासिक धार्मिक स्थलका साथै एग्रो टुरिजम प्रर्बद्दनबाटै जुम्ला समृद्द बन्न सक्छ । स्थानीय उत्पादन,स्रोत र जनशक्तिलाई परिचालन गरी बढ्दो बेरोजगारी घटाउन,जीविकोपार्जनमा सुधार ल्याउन र आर्थिक समृद्दि हाँसिल गर्न जुम्लाका लागि पर्यटन क्षेत्र पहिलो आधार हो ।

जुम्लामा नेपाली भाषा साहित्यको उद्गम स्थल सिञ्जा,विराट दरबार,पाण्डुगुफा,गिडि दह,तातोपानीधारा,जुम्लामै पहिलो मार्सिधान रोपिएको गुरुफोक्टो,नेपालकै दोस्रो ठुलो स्तुपा,प्रसिद्द चन्दननाथ भैरबनाथ मन्दिर,नेपालकै जेठो कर्णाली प्राविधिक शिक्षालय,धिमि,चेरे चौर,पातारासी झरना,हिमाल,गुठिचौर।उपत्यता,खाली पाटन लगायत एतिहासिक मष्टो देवता लगायत पर्यटन गन्तव्य र सम्भवना रहेका छन् ।

त्यस्तै स्याउ,सिमि,ओखर,कोदो फापर,चिनो कागुनो लगायतको कृषि उत्पादनलाई (एग्रो टुरिजम) संग जोडेमा उत्पादन बृद्दि र रोजगारी बृद्दि हुनेमा दुईमत छैन् । आर्थिक समृद्दि,रोजगारी सृजना गर्ने प्रचुर पर्यटन सम्भावना हुँदा पनि ठोस नीति र लगानी अभावका कारण जुम्ला ओझेलमा परेको छ ।

सम्भावनालाई अबसरमा रुपान्तरण गर्दै जुम्लालाई विश्वमा चिनाउन चन्दननाथले अभियान थालेको छ । जसअन्तर्गत कर्णालीका ७९ वटै पालिकामा पहिलो चन्दननाथले पर्यटन बोर्ड गठन गरेको छ ।

पर्यटन क्षेत्रबाट जुम्लाई चिनाउन चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतको संयोजकत्वमा ११ सदस्यीय पर्यटन बोर्ड गठन गरिएको नगरपालिका प्रबक्ता तथा वडा नं ४ का वडाध्यक्ष नवराज देवकोटाले बताए । उनका अनुसार बोर्डले जिल्लाको पर्यटन प्रर्बद्दनका लागि बहस पैरवी,प्रचार प्रशासन,म्यागेजिन निर्माण लायतका काम गर्ने छ ।

बोर्डको सदस्यका उपमेयर रामदेवी खड्का,पर्यटन व्यवसायी नोर्बु लामा,सरोज शाही,तोरन कठायत,घनश्याम नगरकोटी सहित पर्यटन संग सम्बन्धित कार्यालयहरुलाई सदस्यमा राखिएको छ । जसमा नगरपालिकाकै वातावरण विज्ञ,डिभिजन वन कार्यालय,सामाजिक विकास कार्यालय,भौतिक पूर्वाधा रकार्यालयलाई सदस्यमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । धर्म संस्कृति विज्ञ राख्नु पर्ने भएपनि हाल राखिएको छैन् ।

बोर्डले पर्यटन केन्द्रित गतिविधि गर्न चालू आवमा चन्दननाथले ५ लाख विनियोजित गरेको छ । जुम्ला चिनाउने आधारनै पर्यटन भएकोले बोर्ड गठन गरेको मेयर राजुसिंह कठायतले बताए । उनले भने,’जुम्ला सम्भावना भएर पनि गरिब बन्यो । ओेझेलमा पर्याे । राज्यको उपेक्षामा सदियौदेखि छ । पर्यटन क्षेत्रमा न्यून लगानी छ । स्थानीयतह भौतिक विकासबादी भयौ । त्यसैले चन्दननाथले पर्यटन प्रर्बद्दनमा जोड दिएको हो ।’

उपमेयर रामदेवि खड्काले कृषि,पर्यटन,सांस्कृति,भाषा साहित्य संग पर्यटनलाई जोडेर जिल्लाको विकासमा टेवा पुराउन सकिने बताईन् । त्यसका नीतिगत रुपमै चन्दननाथ अघि बढेको र पर्यटन संग महिलाई,यूवालाई जोडिने उनको भनाई छ ।

पर्यटन प्रर्बद्दनका लागि जिल्लामा कुनै पालिकाले सुरसार नगरेको अबस्थामा चन्दननाथले पर्यटन बोर्ड गठन गर्नु उदाहणिय काम भएको पर्यटन व्यवसायी नोर्बु लामाले बताए । ठोस नीति लगानी र संयन्त्रको अभावले जिल्लाका सम्भावना भएर पनि अपेक्षित पर्यटक आउन सकेका छैनन् ।

उनले भने,’जुम्लालाई चिनाउन,पर्यटन प्रर्बद्दन गर्न चन्दननाथ जुरमुराएको छ । बोर्डलाई सक्रिय बनाउन जरुरी छ । थुप्रै समिति गठनपछि निष्क्रिय भएका छन् । राज्यलाईनै उत्तरदायी बनाउने गरि जुम्ला पर्यटन प्रर्बद्दनका गतिविधि अघि बढाउन जरुरी छ ।’

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस