जुम्ला । सामुदायिक विद्यालयको शिक्षणलाई प्रविधिमैत्री बनाउन ट्याप वितरण गरिएको छ । प्रविधिमैत्री शिक्षण सिकाईका लागिका लागि तातोपानी गाउँपालिकाका २८ वटा विद्यालयलाई स्मार्ट ट्याप वितरण गरिएको हो ।
नेपाल सरकार र जापान अन्तराष्ट्यि सहयोग नियोगको साझेदारीमा सञ्चालित (आईमिन परियोजना)द्धारा तातोपानीका २८ विद्यालयलाई करिब १० लाख (९ लाख ७७ हजारबढीका) ट्यापलेट तथा कक्षा १ देखि ३ को गणित विषयको स्वअध्यायन सामाग्री वितरण गरेको छ ।
नेपाल सरकारको अध्यायनले आधारभुत तहको गणित शिक्षा कमजोर रहेको पाइएपछि गणित विषयको आधारभुत सिप तथा ज्ञान आर्जनका लागि स्वअध्यायन सामाग्री सहयोग गरिएको जिल्ला परियोजना अधिकृत दिपराज रावतले बताए ।
तातोपानी गाउँपालिकाको आधारभुत तहको शिक्षा सुधारका लागि विगत चार वर्षदेखि सञ्चालित परियोजनाले शिक्षण प्रविधिमैत्री बनाउन खोजेको जाइका परियोजनाकि प्रतिनिधि साकुरा मिस (जयन्तीले) बताईन् ।

उनले भनिन,‘सामुदायिक विधालयको शिक्षा प्रविधि बन्न सकेको छैन् । हामीले आधारभुत तहका शिक्षकलाई शिक्षण विधि,तथा पाठ्यक्रम विकासबारे तालिम दिईसकेका छौ । अब ट्याप मार्फत सबै सिकेका कुरा व्यवहारमा कार्यानवयन गर्नु पर्ने छ । यसले शिक्षण सिकाईमा सहजता संगै प्रविधिको प्रयोग बढने आशा छ ।’
जाईका आईमिन परियोजना अधिकृत चन्द्रमान जोन्छेले ट्याप प्रयोगको तथा प्रक्रियाबारे प्रधानाध्यापकहरुलाई सिकाएका थिए । ट्यापमा कक्षा १–३ सम्मका नेपाली,अंग्रेजी र गणित विषयको शिक्षण विधि,पाठ योजना,सबै राखिएको छ । ती सामाग्री हरेरै शिक्षकहरुले पढाउन सक्ने छन् । २८ वटा विधालयलाई प्रति ट्यापलेट ३४ हजार ९ सयका दरले ९ लाख ७७ हजार २ सय बराबरको ट्याप उपलब्ध गराईएको अधिकृत जोन्छले जानकारी दिए ।

टयापलेटमा कक्षा १ देखि ३ सम्मको पाठ योजना,मोडल लर्निङका सामाग्री, भर्चुअल कक्षा संचालनका लागि गणित,नेपाली,सरोफेरो,अंग्रेजीको पाठ,शिक्षण सिकाई (टिचर गाईड) १–३ सम्म,विधार्थिको गृहकार्य बुक,सिकाई अनुसरणका विधि,सेसन शिक्षणका सामाग्री,लगायत नेपालका शिक्षा,ऐन,कानुन,कार्यविधि तथा स्वअध्यायन सामाग्री समेत राखिएको अधिकृत जोन्छेले जानकारी दिए ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले तातोपानीको शिक्षा क्षेत्र सुधारका लागि जाईका नेपालले उल्लेखीय भुमिका निर्वाह गरेको बताए ।
उनले भने,’सीप,सामाग्री देखि शिक्षण विधि सिकाउन जाईकाले लगानी गर्दै आएको छ । चार वर्षमा आधारभुत तहको शिक्षा सुधारिएको पाईएको छ । ट्याप वितरणपछि प्रविधिमैत्री शिक्षण बढ्ने आशा छ । तर यसको दुरुपयोग भएको खण्डमा पालिका चुप लागेर बस्दैन् ।’
तातोपानीले सामुदायिक विद्यालय सुधार अभियान थालेकोले यसमा साथ दिन सबै शिक्षक विधार्थि अभिभावक जिम्मेवार हुनु पर्ने बताए ।

शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख मक्कर बहादुर भण्डारीले जाईका परियोजनाले ४ वर्ष काम गरेर अन्तिममा सबै गतिविधि समेटिएको ट्याप उपहार दिएकोले उदेश्यनसार प्रयोग गर्न सुझाव दिए ।
साथै अब जुम्लाको मावि तहमा अब एकजना पनि अस्थायी शिक्षक नहुने दाबि गरे । शिक्षा क्षेत्र सुधारका लागि तातोपानीलेगरेको कामको प्रशंसा गरे ।
तातोपानीगाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले ट्यापको दुरुपयोग हुन सक्ने भएकोले पालिकाले विशेग निगरानी राख्ने बताए । केही महिनापछि विधालयको शिक्षणविधि प्रविधिमैत्री बनेको हेर्न मिल्ने आशा व्यक्त गरे ।



