विमानस्थलबाट बरामद सुन सार्वजनिक, दुई-दुई किलोका सात बिस्कुट

काठमाडौँ , भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बरामद गरेको सुन सार्वजनिक गरेको छ।

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियाे। सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन्।

फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११ः४० बजे विमानस्थल उत्रिएका घलेलाई विमानस्थल भन्सारले सुनसहित पक्राउ गरेको थियाे। 

विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको सुन बरामद गरेको भन्सार कार्यालयले जनाएकाे छ। भन्सार प्रमुख डा. पाण्डेका अनुसार बरामद सुन दुई–दुई किलोका सातवटा बिस्कुट छन्।

नयाँ पत्रिका

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस