पातारासीमा छुईगोठ भए नभएको अनुगमन


जुम्ला ः महिनावारी भएको अवस्थामा छुईगोठमा बस्ने प्रचलन विशेषगरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा धेरै छ । यसलाई न्यूनिकरण गर्नका लागि राज्यका निकायसँग समन्वय गर्दै गैरसरकारी संस्थाले सचेतना र आयआर्जनका परियोजना सञ्चालन गर्दै आएका छन् ।
सर्बाेदय नेपाल जुम्लाले यहाँको पातारासी गाउँपालिकामा लैगिक समनता र महिला किसानलाई सहयोग परियोजना सञ्चालन गर्दै आएको छ । यही परियोजना अन्र्तगत महिला, पुरुष, पुरोहित र धामीझाक्रीलाई सचेतीकरण गर्दै निरन्तर अनुगमन र अवलोकन गरेर छुईगोठ मुक्त गर्ने अभियान सञ्चालन गर्दै आएको सर्बाेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताए । उनले भने महिलाबारी भएको अवस्थामा सुरक्षा र स्वास्थ्यका हिसावले छुईगोठमा बस्नु निकै जोखिम हो । पातारासी गाउँपालिकाको ४ नम्बर वडामा पर्ने तिर्खु, डिल्लीचौर लाम्रीगाउँमा छुईगोठ भए नभएको उपप्रमुख जनमाया रोकायाको संयोजकत्वमा संयुक्त अनुगमन गरेका छौँ । अनुगमनमा छुईगोठ नभएको देखिएकोले केही दिनमै यिनै तीन गाउँलाई छुईगोठ मुक्त घोषणा गर्ने योजना रहेको छ ।
गाउँपालिका उपप्रमुख रोकायाका अनुसार यस गाउँपालिकामा छुईगोठ छैन । महिलाहरु महिनाबारी भएको अवस्थामा घरभित्रै बस्दै आएका छन् । सुरक्षा र स्वास्थ्यका हिसावले महिनावारी भएको अवस्थामा छुईगोठमा बस्नु असुरक्षित हो । हामीले तिर्खु, डिल्लीचौर लाम्रीगाउँ अनुगमन पनि गरौँ । कतै पनि छुईगोठ भेटाएनौँ ।
यि तीन गाउँमा (तिर्खु, डिल्लीचौर र लाम्री) ३७५ घरधुरी रहेको छ । जसमा महिला ६५१ जना र पुरुष ७१८ जना रहेको सामाजिक परिचालक रेविका सुनारले बताइन् । यसअघि यस गाउँपालिकाको ५ नम्बर वडाका तलि ल्होर्प र माथिल्होर्प गाउँ छुईगोठ मुक्त घोषणा गरिएको थियो । यस्तै ४ नम्बर वडाको लुमगाउँ, २ नम्बर वडाको तल्फी र पेरेगाउँ छुईगोठ मुक्त घोषणा भएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस