जुम्ला–सुर्खेत हवाई सेवा सञ्चालन गर्न माग


जुम्ला ः संघीयतापछि जुम्ला–सुर्खेत हवाई सेवा सञ्चालन भएको छैन । भएपनि जुम्ला, हुम्ला, मुगु, डोल्पा उपल्लो कर्णालीका नागरिक लुम्बिनी प्रदेशको नेपालगज्ज भएर प्रदेश मुकाम सुर्खेत पुग्ने गरेका छन् । संघीयता अघि जुम्ला –सुर्खेत हवाई सेवा सञ्चालनमा रहेको थियो ।
यही समस्यालाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको टोलीले कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री राजकुमार शर्मालाई भेटेर जुम्ला–सुर्खेत हवाई सेवा सञ्चालन गर्न माग गरेका छन् ।
माथिल्लो कर्णालीका नागरिकले लुम्बिनी प्रदेश भएर कर्णाली प्रदेशको सुर्खेतमा पुग्नु पर्ने समस्यालाई समाधान गरिदिन आग्रह गर्दै जुम्ला–सुर्खेत हवाई सेवा सुचारु गरिदिन मुख्यमन्त्री समक्ष माग पत्र गरिएको जिसस प्रमुख आचार्यले बताए । उनले भने जुम्ला विमान स्थलको स्तरबृद्धि र हवाई फ्यूल सेन्टरको योजना अघि बढिरहेकोले जुम्ला सुर्खेत हवाई सेवा सुचारु हुन आवश्यक रहेको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शर्माले ध्यानाकर्षण पत्र बुझ्दै यस बिषयमा गम्भिर भएर काम गर्ने आश्वासन दिनु भएको प्रमुख आचार्यले बताए । यो कार्णालीको आबश्यकता पनि हो । प्रदेश सरकार कर्णालीको समग्र बिकासको लागि कटिबद्ध भएर काम गर्दै पनि आएको मुख्यमन्त्री भन्नु भएको खबर कर्णाली पोष्ट दैनिक पत्रिकालाई प्रमुख आचार्यले जनाए ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस