काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् ।
न्यायपरिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।
संसदीय समितिले गत शुक्रबारदेखि मंगलबारसम्म सुनुवाइ गरेर बुधबारमात्रै उनीहरूको नाम अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार



