तातोपानीमा राष्ट्रपति रनिङ शिल्ड सुरु,पातारासी र गुठिचौर अनुपस्थित

जुम्ला । जुम्लामा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको तातोपानी गाउँपालिका वडा नं. ४ स्थित हाँकु चौरमा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

तातोपानी गाउँपालिका वडा नं. ६ को आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता सञ्चालन भएको छ । विभिन्न चुनौतीका बीच तातोपानी वडा नंं ६ ले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्न सफल भएको छ ।

प्रतियोगितामा जुम्लाका आठ स्थानीय तहमध्य ६ वटा पालिकाले मात्रै सहभागिता जनाएका छन् । जसमा तातोपानी,तिला,हिमा,सिंजा,कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाले सहभागिता जनाएका छन् । भने पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिकाले १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएको छैन् ।
६ पालिका उपस्थित हुँदा पातारासी र गुठिचौर अनुस्थित भएका हुन् । १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलर जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगिता आर्चायले विभिन्न चुनौतीका बीच प्रतियोगिता सञ्चालन गर्न तातोपानी गाउँपालिका र ६ नम्बर वडा सफल भएको बताईन् । प्रतियोगितामा सहभागी नहुने पालिकाहरुले खेलकुद क्षेत्रको विकासमा लगानी गर्छन् भन्ने विश्वास नरहेको उल्लेख गरिन् ।

प्रतियोगितामा छात्र छात्रा भलिवल, सटफुट, हाइजम्प, लमजम्प, ज्याबलिङ थ्रो, दौड,कराते लगाएतका विभिन्न विधामा प्रतिस्पर्धा हुने छन् । भने तीनदिन सम्म सञ्चालन हुने प्रतियोगिताको समापन विहिबार हुने तातोपानी गाउँपालिका वडा नंंं ६ का वडाध्यक्ष विशाल खड्काले बताए । उनका अनुसार खेल क्षेत्रको प्रर्बद्धन तथा पालिकाको पहिचानका लागि पनि तातोपानीले प्रतियोगिताको आयोजना गरेको हो ।

पहिलो दिन केके भए खेलहरु ?

आज पहिलो दिन सडफुट, ज्यावलिङ थ्रो, लम्पजम्प र तिर्पजम्प खेल संचालन भएका छन्। जसमा छात्र तर्फ सडफूटमा कनकासुन्दरी गापाका सुवास बुढा प्रथम र सोही गापाका लली महरी दोर्सों र चन्दननाथ नपाका सोडान रोकाया र कुमार परियार तेर्सो स्थान हात पारेका छन् भने सोही खेलमा छात्रातर्फ तिला गापका करिश्मा थापा प्रथम, कनकासुन्दरी गापाका सुन्जिरा कामी दोर्साे र हिमा गापाकी कमला शाही तृतिय भएकि छन्।

ज्वाबलिङ थ्रो खेलमा कनकासुन्दरी गापा का धर्मेन्द्र कामी प्रथम,हिमाका देवेन्द्र रोकाया दृत्तिय र चना नपाका कुमार परियार तृतिय भएका छन् भने छात्रातर्फ हीमाका मञ्जु अधिकारी प्रथम, कनकाका सुनपुरा बुढा दृतीय र हिमाकी सञ्जु रोकाया तृतीय भएको बताएको छ। लम्पजम्पमा छात्रतर्फ चना नपाका दिलीप मल्ल प्रथम,हिमा का दीपेन्द्र शाही दृतिय र चनाका दोर्ण राज धराला तृतीय भएका हुन् ।

भने छात्रातर्फ सिंजाका मनिसा सार्की प्रथम, तातोपानीका रुमाला कुँवर दृत्तिय र हिमाकि वर्षा शाही र कनकाकी अन्सु बडुवाल तृतीय भएकी छन्। साथै आजै भएको तिर्पजम्प खेलमा छात्रातर्फ हीमाकी ममता शाही प्रथम, सिंजा की मनिषा शाही दृत्तिय र तिलाकी करिश्मा थापा र हीमाकि सुस्मिता रावत तृतिय भएकी छन् भने छात्र तर्फ चना का दिलीप मल्ल प्रथम, हींमाका दीपेन्द्र शाही दृत्तिय र सिंजा का मिलान सहकारीले तृतीय स्थान हात पारेका एथलेटिक्स प्रशिक्षक मथुराज न्यौपानेले बताए।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस