हिमा सरकारलाई बालविकास कार्यक्रम सञ्चालन गर्न माग


जुम्ला ः स्थानीय तहको हिमा सरकारलाई नीति तथा कार्यक्रममा समाबेश गरी बालविकास गर्न माग गरिएको छ । परिवर्तनका संवाहक युवा क्लव, किशोरी क्लव र युवा संजालले संयुक्तरूपमा समग्र पालिकाको बाल तथा युवा बिकासका प्रस्ताव (मुद्दाहरु) संकलन गरि स्थानीय हिमा सरकारलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्न माग गर्दै कार्य पत्र हस्तान्तरण गरिएका हुन् ।
युवाहरूको तर्फबाट तयार गरिएको कार्यप्रस्ताव गाउँपालिका उपाध्यक्ष सुर्पना शाही र प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढालाई बुझाएका हुन् । बालबालिका र युवाका सशक्तिकरणको विभिन्न क्षेत्र समेटिएको ८ बुदे कार्यप्रस्ताव बुझ्दै गाउपालिका प्रमुख प्रशासकिय अधिकृत रणबहादुर बुढाले यो प्रस्ताव आगामी गाउँ सभामा पेस गरी कार्यन्वयन लैजाने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले युवाद्वारा हस्तान्तरण गरिएको कार्यप्रस्ताव बुझ्ने क्रममा यो पत्रमा ल्याएका मुद्दाहरु बालबालिका र युवा विकासमा सान्दर्भिक भएकाले आगामी गाउँसभा प्रस्तुत गर्ने छौँ । यस कार्यक्रममा १३ सदस्यीय हिमा परिवर्तनको संवाहक युवा संजाल समेत गठन गरिएको छ ।
विद्यालय, वडा र पालिकामा बाल तथा युवाक्लव गठनलाई अनिवार्य गरी क्लवलाई नेतृत्व विकासका गतिविधि संलग्न गरिनु पर्ने कार्य पत्रमा उल्लेख गरिएको छ । क्लवहरुको संस्थागत र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने, विद्यालय तथा पालिका स्तरमा निर्माण गरिने भौतिक संरचना बाल लैगिंक तथा अपांगतामैत्री हुनु पर्ने जस्ता ८ बुद्धे कार्यपत्र बुझाएको प्लान नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना फिल्ड सुपरभाइजर शंकर उपाध्यायले बताए ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस