जुम्ला । गत वर्ष असोज १९ देखि २५ गतेसम्म भएको अबिरल वर्षापछि आएको बाढीले हिमा गाउँपालिका–७ बागबजार गाउँको खानेपानी मुहानै बगायो । मुहान बगाएपछि खानेपानीको हाहाकार भएको बागबजारका घरघरमै धारा पुगेपछि स्थानीय उत्साहित भएका छन् ।
६१ वर्षिय मुनकोईला शाहीले बाढीले मुहान बगाईसकेपछि नदीकै दुषित पानी खान बाध्य भएको बताईन् । गाउँमा धारा थिएनन् । भएकै मुहान पनि बाढीले बगाएपछि गाउँमा खानेपानीको चरम अभाव थियाे ।
मुनकोईलाले भनिन,’अहिले घरघरै धारा पुगेपछि पानीको सुविस्ता भयो । नदीकोपानी पिउनु पर्ने बाध्यता मात्रै हटेन् । नाग्म–गमगडी सडक भएर राराताल जाने पर्यटकलाई समेत सहज भएको छ । महिलाको कार्यबोझ घटेको छ । बुढिन्या बेला आँगनमै धारो आउनु पनि भाग्या कुडो हो बाबू । हामीले पानीका दुख पायापुनि अब छोरानातिले सुख पाउने भया ।’
त्यस्तै स्थानीय सर्मिला शाहीले बाढीले घरघरै शुद्ध खानेपानीको धारा पुग्दा खुसी भएको बताईन् । उनले भनिन,‘गत असोजको बाढीले पानीको मुहानसंगै हाम्रो खुसी पनि बगाएको थियो । हामी संग नदीको दुषित पानी पिउनुको विकल्प थिएन् । अहिले आँगनमै धारा बनेका छन् । बाढीले बगाएका खुसीहरु फर्किएको अनुभुती हुन्छ ।’

मुनकोईला र सर्मिला जस्तै बागबजारका २२ वटै घरधुरीमा खानेपानी धारा पुगेका गाउँका डेढ सय नागरिकनै उत्साहित छन् । खोलाको पानी खादै आएका स्थानीयको घरघरमा २४ सै घण्टा पानी आईरहेको हिमा गाउँपालिका ७ नम्बर वडाध्यक्ष विक्रम बहादुर शाहीले बताए ।
करिब डेढ दुई वर्ष खानेपानी अभाव झेलेको गाउँले बल्ला मुक्ती पायो । आबश्यकता पहिचान गरी खानेपानीको समस्या सुल्झाउने सहयोगाी निकाय पेश नेपाल,प्लान नेपाल र पालिकालाई उनले धन्यबाद समेत दिए ।
आधारभूत आबश्यकता भित्र पर्ने खानेपानी अभाव भोगेका स्थानीयलाई अहिले खान सरसफाई गर्न,बारीमा सिँचाई गर्न समेत सहज भएको वडाध्यक्ष शाहीले उल्लेख गरे ।
प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा पेश नेपाल जुम्लाद्धारा सञ्चालित (जलवायु उत्थान खानेपानी सरसफाई र स्वच्छता कार्यक्रम) मार्फत बागबजार खानेपानी योजना निर्माण गरिएको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानले बताए ।

उनका अनुसार बागबजारका २२ घरधुरीमा एकघर एकधारा पुगेका छन् । जसबाट १ सय ५० जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । राराताल आउने पर्यटक तथा आवतजावत गर्ने नागरिकलाई समेत सहज भएको छ ।
कुल १० लाख लगानीमा बागबजार खानेपानी आयोजना निर्माण भएको हो । पेश नेपालबाट ६ लाख १४ हजार ५३०रुपैया,हिमा गाउँपालिकाबाट७३ हजार ६५२, र समुदायको श्रमदान ३ लाख १६ हजार गरी कुल १० लाख लगानीमा खानेपानी योजना निर्माण भएको गरिएको छ ।
बाढीले मुहान बगाएपछि निम्तीएको खानेपानी समस्यालाई मध्यनजर गर्दै पेश नेपालले योजना निर्माण गरेको थियो ।
मंगबालर जिल्ला समन्वय समितिका प्रमुखले बागबजार खानेपानी योजनाको उद्घाटन समेत गरे ।
बाढीले जुम्लामा पुराएको क्षतिलाई स्मरण गर्दै प्रमुख आर्चायले आधारभुत आबश्यकतामा पर्ने खानेपानीको विकासमा लगानी गर्नु प्रसंशा योग्य काम भएको बताए । संरचनाको दिगोपना तथा वर्षौ सम्म योजना सञ्चालन हुने संरक्षणमा जोड दिन सुझाब दिए ।
प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिन पुराजुलीले प्लान नेपाल सधै दुर्गम क्षेत्रको विकास लगानी गर्दै आएको बताईन् । संस्थाले बनाएका संचरनाहरु परियोजना सकिएसंगै बिलय हुने समस्या रहेकोले टयांकी,धाराको प्रयोग र संरक्षणमा अग्रसर हुन आग्रह गरिन् ।
६५ लाख लगानीमा विद्यालय भवन
साथै पेश नेपालले ६५ लाख बढीको लगानीमा हिमा गाउँपालिका वडा नं.३ जोगीबाडा स्थित भैरब आधारभुत विद्यालयमा पक्की भवन निर्माण गरेको छ । १ सय २० जना बालबालिका रहेको उक्त विद्यालयमा कक्षा कोठा अभावले पठन पाठन प्रभावित हुदैँ आएको थियो ।
प्लान नेपालद्धारा सञ्चालित आधार परियोजना मार्फत कुल ६५ लाख २७ हजार २९३ रुपैया लगानीमा पक्की भुकम्प प्रतिरोधी भवन निर्माण भएको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।

भुकम्प प्रतिरोधी,समाबेशी,लैगिङ मैत्री,अपांगमैत्री ४ कोठे नमुना भवन,शौचालय,१० वटा धारा,सेनेटरी प्याड पीड सहितको संचरना निर्माण हुने छन् । उक्त भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
बुधबार जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय नेतृत्वको टोलीले बागबजार खानेपानी आयोजना र जोगीबाडा विद्यालय भवनको अनुगमन समेत गरेको छ ।
कक्षा कोठा अभावले सबै विद्यार्थी संगै राखेर पढाउनु पर्ने बाध्यता रहेकोमा भवन बनेपछि निकै सहज हुने विद्यालयले जनाएको छ । भवन निर्माण कार्य आगामी असार १५ गते सम्म सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।



