बजेट अभावले प्रशासकिय भवन अधुरै,टहरामा प्राविधिक शाखा

जुम्ला । बजेट अभाव भएपछि गुठिचौर गाउँपालिका जुम्लाको प्रशासकिय भवन निर्माण कार्य रोकिएको छ । समपुरक बजेट मार्फत निर्माण भईरहेको प्रशासकिय भवनका बजेट अभाव भएपछि निर्माणको काम रोकिएको हो ।

साढे चार तला निर्माण हुने सुविधायुक्त भवनको ९ करोड बराबर लागत लाग्ने डिपिआर भएको थियो । तर पहिलो चरणमा गत आर्थिक वर्ष एक करोड बजेट विनियोजन भएकोमा ठेक्का आह्वान गर्दा निर्माण कम्पन्नीले ४४ लाखमा घटेर ठेक्का लिएको थियो ।
४४ लाखमा ठेक्का लिएको आशापुर्ण निर्माण सेवाले सोहि बजेट अनुसार भवनको तल्लो तलाको हवाई ढलान कार्य सम्पन्न गरेको छ । गुठिचौर गाउँपालिका सव–ईन्जिनियर मीन बहादुर भण्डारीले बजेट अभावले तल्लो तलाकै हवाई ढलानपछिको काम रोकिएको बताए ।

उनले भने,’निरन्तर भवन निर्माण भएको खण्डमा २ दुई वर्षमै सकिन्थ्यो । एकीकृत कार्यालयबाटै सेवा प्रवाह पनि हुन्थ्यो । तर बजेट अभावले बीचमै निर्माण रोकिएको छ । भवन अधुरो अबस्थामा छ । माग गरेपनि प्रयाप्त बजेट नआउने भएकोले पटक पटक ठेक्का गर्दै काम गर्दै गर्नु पर्ने पालिकाको बाध्यता छ ।’

एकीकृत प्रशासकिय भवन नहुँदा गुठिचौरका प्रायः विषयगत कार्यालयहरु छरिएर रहेका छन् । एउटै कोठामा धेरै कर्मचारी बसेर मुस्किलले सेवा दिनु पर्ने बाध्यता उस्तै छ । विषयगत कार्यालयहरु छरिएर रहँदा सेवाग्राहि लाई समेत सास्ती भएको छ । कर्मचारीलाई सेवा दिन पनि मुस्किल छ ।

९ करोड लगानीमा सुविधायुक्त भवन निर्माणपछि सेवा प्रवाहमा सहज हुने आशामा गुठिचौरका कर्मचारी थिए । तर बजेट अभावले पहिलो तलाबाटै भवन निर्माण कार्य अघि नबढ्दा बजेटकै पर्खामा छन् ।
प्राविधिक शाखा पनि टिनकै टहरामा रहेको छ । प्राविधिक जनशक्तिले एउटै कोठाबाट पालिकाका सबै पूर्वाधार विकासका

काम गरिरहेका छन् । प्रयाप्त बजेट हुनुपर्ने ठुला योजनामा वर्षमा मुस्किलले एक डेढ करोड मात्रै विनियोजन हुने र त्यसैमाथि ठेकेदारले अधिकतम घटेर लिने परिपाटिले गर्दा दुर्गम कर्णाली जस्ता पालिकाका विकासमा समस्या हुने गरेको सव–गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले बताईन् । बजेट अभावले रोकिएको भवनलाई पुर्णता दिन बजेटका लागि पहल भईरहेको उनको भनाई छ ।

८ करोड बजेट माग
बजेट अभावले भवन निर्माण कार्य रोकिएपछि गुठिचौर गाउँपालिकाले संघिय सरकारसंग बजेट माग गरेको छ । समपुरक बजेट अन्तरर्गत संघ सरकार र पालिकाको बजेटमा भवन निर्माण हुने भएकोले संघिय सरकारसंग ८ करोड माग गरिएको गुठिचौर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरीले बताए ।

बजेट माग गरि पठाएका छौ । हामीले ८ करोड माग गरेपनि मागेजतिकै बजेट आउने स्थिती छैन् । उनले भने,‘माग गरेनुसारको बजेट दिन सक्ने सरकारको अबस्था छैन् । तर संचरना अलपत्र हुने, समयमै काम गर्न नसकेको जस्तो हामी माति प्रश्न आउने स्थिती रहन्छ । तर टुक्रा टुक्रा गरेर बजेट दिने प्रबृत्तिले पनि विकासमा बाधा पुराएको छ । जसले गर्दा लक्ष्यनुसार काम अघि बढाउनै मुस्किल हुने गरेको छ ।’

समपुरक बजेटबाटै निर्माण हुने भएको आधी संघले पठाउने र आधि पालिकाले हालेर निर्माण गर्नु पर्ने छ । स्रोत अभावले गर्दा पूर्वाधार निर्माण कार्य प्रभावित हुन थालेका छन् । नागरिकका आबश्यकता असिमित र स्रोत सिमित हुँदा काम गर्नै मुस्किल रहेको प्रमुख प्रशासकिय अधिकृत गिरीले उल्लेख गरे । विगतको भन्दा गुठिचौरलाई थप व्यवस्थित बनाउन सबैका सुझाव सल्लाहबाट अघि बढ्ने चाहना रहेको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले संघिय सरकारले खटाएका हाकिमबाट अपेक्षित लाभ पालिका र जनताले लिन नसक्ने अनुभव सुनाए । उनले भने,‘गुठिचौरमा हाकिम फेरिने उतार चढाव धेरै भयो । तर स्थानीय हाकिम हुँदा सबै परिबेश बुझ्ने भएकोले काम गर्न सहज हुने रहेछ । गुठिचौर जनताका कामलाई प्रथामिकता दिएर छ ।’

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस