जुम्ला । ताताेपानी गाउँपालिका वडा नं.७ का जेष्ठनागरिकलाई न्यानाे कपडा वितरण गरिएकाे छ । चिसाे बढ्दै गएपछि प्रभावित भएका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गरिएकाे हाे ।
वडाकाे लक्षित वर्ग कार्यक्रम अन्तरर्गत वडाभित्रका करिब १ सय १३ जना जेष्ठनागरिक बृद्दबृद्दालाई न्यानाे कपडा वितरण गरिएकाे ७ नम्बरवडाध्यक्ष तिलक रावतले बताए । उनले उमेर ढल्किदै गएका आश्रित बृद्दबृद्दाका लागि वडा सरकार सधै साहरा बन्ने आश्वासन दिए । आगामी दिनमा पनि जेष्ठनागरिक,एकल महिला,अपांगव्यक्तिकाे सम्मान तथा राहतका कार्यक्रम गरिने उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले वितरण गरिएका न्यानाे कपडाकाे सहि सदुपयाेग गर्न सुझाव दिए । भत्ता बुझ्न गाउँपालिकामै पुग्नु पर्ने बाध्यतालाई मनन गरेकाे छु । उनले भने,’थलाले टावर निर्माण हुने बित्तिकै भेरीखाेलामै बैंककाे शाखा राख्ने तयारी छ । हाल भत्ता बुझ्दा निशुल्क बस सेवाका लागि ३ लाख छुटाएका छाै ।’
बैंकसंग समन्वय गरि गाउँमै पुगेर भत्ता वितरण गर्ने समेत तयारी भएकाे अध्यक्षकाे भनाई छ । न्यानाे कपडा वितरणमा गाउँपालिका उपाध्यक्ष रेवति रावल,प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतकाे समेत सहभागिता थियाे ।



