स्थानीयतहका कार्यक्रम यूवामैत्री नभएकाे गुनासाे

राईज टु परियाेजनाद्दारा यूवा र सराेकारवाला बीच अन्तरक्रिया

जुम्ला । देशमा संघियता कार्यान्वयन भएकाे करिब सात वर्ष पुग्न लाग्याे । राेजगारी सृजना,उत्पादन बृद्दि,आर्थिक समृद्दि,समाज रुपान्तरण लगायतका सुधारकाे अपेक्षा सहित तीन तहकाे सरकार सञ्चालनमा आयाे । त्यसमध्य सबैभन्दा नजिककाे सरकार पालिका सरकार हाे । जसले आबश्यकतामा आधारित कामलाई बढी प्रथामिकता दिनु पर्ने हाे ।

तर स्थानीयतहले भाैतिक विकासलाई मात्र बढि जाेड दिएकाे देखिन्छ । जसका कारण यूवा राेजगारीका सवालहरु पेचिलाे बन्न सकेका छैनन् । फलस्वरुप बेराेजगारीकाे समस्या बढ्दै गएकाे छ । अझ काेराेना पछि नेपालका बेराेजगारी चुलिदाे अबस्था छ । काेराेनाबाट प्रभावित यूवाहरु समस्यामा छन् । तर तीनै तहका  सरकारले यूवामैत्री नीति तथा कार्यक्रम ल्याउन सकेकाे छैन् ।
तर राईज टु परियाेजनाले तिला र ताताेपानीका काेभिड प्रभावित यूवालाई राेजगारी दिन विभिन्न कार्यक्रम गरिरहेकाे छ ।

विहिबार ताताेपानी गाउँपालिका वडा नं २ मा यूवालाई सरकारी तथा नीजिक्षेत्रसंग जाेड्ने सचेतना कार्यक्रममा सहभागी यूवाले पालिकाका कुनै कार्यक्रम यूवामैत्री नभएकाे गुनासाे गरे ।

कार्यक्रममा राेजगार शाखा,कृषि शाखा,पशु शाखा र उधम विकास शाखाले आफ्ना कार्यक्रम सुनाए । तर यूवा लाभान्वित भएकाे हुने खालका कुनै कार्यक्रम देखिनन् । पहिलाे कुरा यूवाले आफ्ना मागहरु सम्बन्धित निकायमा नराख्ने र दाेस्राे पालिकाले यूवाका सवाललाई प्रथामिकता नदिदा यूवा ओझेलमा परेकाे देखिन्छ ।

वल्डभिजनकाे सहयाेग र किर्डाक नेपालद्दारा संचालित
 ‘साना उद्यम र रोजगारी मार्फत आम्दानी बृद्धि’ (राईज टु) परियाेजनाले काेराेना प्रभावित यूवाहरुलाई स्वराेजगार बनाउन तिला र ताताेपानीमा काम गर्दै छ । साेहिअन्तर्गत परियाेजनाकाे आयाेजनामा विहिबार ताताेपानी -२ मा  सराेकारावाला यूवाहरुबीच कार्यक्रम गरिएकाे हाे ।

सरकार कार्यक्रमबारे यूवा स्पष्ट हुन् र आफ्ना मागहरु राखुन भन्ने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे परियाेजनाका सीप विकास तथा दस्तावेजिकरण अधिकृत ऐन बहादुर कठायतले बताए ।

उनका अनुसार काेराेना प्रभावित बजारकाे माग अनुसार सीप राेजगार परियाेजनाले दिने छ । त्यसका लागि पालिका संग आबश्यक समन्वय साझेदारीमा विभिन्न कार्यक्रम गरिने छ । कार्यक्रम १५ जना यूवाकाे सहभागिता थियाे ।

सहभागी यूवा मित्र बुढा,दन्त बुढा लगायतले यश कार्यक्रमबाट थाेरै भएपनि स्थानीय सरकारले यूवाका लागि काम गरेकाे नगरेकाे,यूवाका याेजना माग गर्न प्रक्रियाबारे थाहा पाएकाे बताए । तर हालसम्म स्थानीय सरकार यूवाका सवालमा निरीह रहेकाेमा दुख व्यक्त गरे ।

२ नम्बर वडाध्यक्ष चन्द्रमान बुढाले आगामी दिनमा यूवा लक्षित कार्यक्रम लाई जाेड दिने बताए । सीप तथा दक्षताका आधारमा अझै यूवालाई राेजगार दिन नसिकएकाे उनकाे भनाई छ ।

ताताेपानी गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर चन्दले अपेक्षित रुपमा यूवाका मुद्दा नसमेटिएकाे भन्दै यसमा यूवा,जनप्रतिनिधि,कर्मचारी सबैकाे दाेष रहेकाे बताए । आगामी दिनमा यूवालाई प्रथामिकता दिनु पर्ने उनकाे जाेड छ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस