जुम्ला । वित्तिय सुशासन जाेखिम मुल्यांकनमा जुम्लाकाे कनकासुन्दरी गाउँपालिका दाेस्राे र ताताेपानी गाउँपालिका चाैथाे भएकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेकाे वित्तिय सुशासन जाेखिम मूल्यांकन २०७९ अन्तर्गत देशका ७ सय ५३ स्थानीय तहमध्य धादिङकाे ज्वालामुखी गाउँपालिका ८६.५) प्रथम हुँदा जुम्लाकाे कनकासुन्दरी गाउँपालिका(८६ अंक), प्राप्त गरि दाेस्राे भएकाे हाे ।
तेस्राेमा बैतडीकाे पञ्चेश्वर गाउपालिका(८४.५ अंक) र चाैथाेमा जुम्लाकाे ताताेपानी गाउँपालिकाले (८१) अंक प्राप्त गरेकाे हाे ।
साथै बराबरी ८१ अंक ल्याएर मुगुकाे कार्माराेङ गाउपालिका पनि चाैथाे भएकाे हाे ।
देशभरका स्थानीयतहमध्य जुम्लाका दुई पालिका दाेस्राे र चाैथाे हुनु कार्यसम्पादन अब्बल बन्दै जानू हाे । आगााी दिनमा थप सेवा सुधार्न समेत जरुरी छ ।
प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार



