जुम्ला : कनकासुन्दरी गाउँपालिका – ६ लाहार्जमा एक घर एक पढाई कुना छनोट गरिएको छ । जाहर्ज गाउँका ३० घरधुरीमा पढाई कुना छनोट गरिएको हो । बुधबार प्लान नेपाल र पेस नेपाल जुम्लाको आयोजना शिक्षा अभिमुखिकरण कार्यक्रम बृहत छलफल गरी पढाई कुना छनोट गरिएको परियोजना प्रमुख हेमराज भट्टले बताए ।
गैरदलित टोल र दलित टोलको संयुक्त सहभागिताको छलफल कार्यक्रमले पढाई कुना छनोट गरी कार्ययोजना समेत निर्माण गरिएको जनाएको छ ।
महिला ५४ जना र पुरुष ११ जना गरी ६५ जना सहभागिता रहेको कार्यक्रममा दलित महिला ४७ दलित पुरुष ६ जना अपांगता १ जना महिला र पुरुष १ जना एससी परिवार ३० जना रहेका छन् । पढाई कुनाका लागि ३० घरदुरी छनोट गरी पत्येक टोल अनुगमन टोली समेत राखिएको पेस नेपाल जुम्लाले जनाएको छ । हप्तामा एक पटक अनुगमन गरिने कार्ययोजना रहेको छ ।
प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार



