जुम्ला । चन्दननाथ नगरपालिका ५ स्थित उधाेग बाणिज्य संघकाे आडमा रहेकाे चन्दननाथ अर्गानिक काेसेली घरमा आगलागी भएकाे छ । गएराती १ बजेतिर विधुत सट भएपछि काेसेली घरमा आगलागी भएकाे हाे ।
जुम्लामा उत्पादित रैथाने वस्तुकाे बजारीकरण गर्दै आएकाे काेसेली घरमा आगलागी हुदा अनुमानित ३५ लाखबढीकाे क्षति भएकाे काेसेली घर सञ्चालक गाेविन्द आर्चायले बताए । यदपी क्षतिकाे एकिन विवरण आउन बाँकि छ ।
उनले भने,’राती १ बजे मात्रै आगलागी भएकाे थाहा पाए । सुरक्षाकर्मि स्थानीयकाे सहयाेगमा डेढ दुई घण्टामा आगाे नियन्त्रणमा आएपनि सबै अर्गानिक बस्तु आगाेमा जलेर नष्ट भएकाे छ । ३५ लाख बढी क्षति भएकाे छ ।’
कमाउने स्राेत अरु केही नभएकाे र परिवार पाल्ने एकमात्र माध्यम बनेकाे काेसेली घरमा आगलागि भएपनि ठुलाे बज्रपात परेकाे उनकाे दुखेसाे छ ।
आगलागीबाट अर्गानिक कोसेलीघर पुर्ण रुपमा जलेकाे छ । भने छेउमै रहेकाे उधाेग बाणिज्य संघकाे भवन र चिया पसलमा समेत आंशिक क्षति भएकाे छ ।
काेसेली घरमा राखिएकाे लाखाै मूल्य बराबरकाे,मार्सि चामल,विभिन्न खाले सिमि,दाल,दाँते ओखर,खरायाकाे टाेपी,गहत,भट्टमास,मकै,काेदाे फापरकाे पिठाे,जडिबुटि राडिपाखी लगायतका अर्गानिक अन्न जलेर पुर्ण रुपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ।
सुरक्षा निकायले विद्युत तार सटभइ आगलागी भएको अनुमान गरेकाे छ । नेपाली सेनाको नन्दाबक्स गण,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगाे नियन्त्रण गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दले मध्यरातमा एक्कासी चन्दननाथ काेसेली घरमा आगलागि भएकाे थाहा पाएपछि प्रहरी त्यहाँ पुगेकाे बताए । क्षतिकाे एकिन विवरण आउन बाँकि रहेकाे उनकाे भनाई । केकति कारणले आगलागी भएकाे हाे भन्नेबारे अनुसन्धान भईरहेकाे चन्दले जानकारी दिए ।



