रविको आक्रोशः गाली गर्न कोही छुट्नु भो कि ? भए गरिहालौँ है

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडियामा आएका समाचारमा सत्यता नभएको दाबी गरेका छन् ।

पहिलेदेखि भन्दै आएको कुरामा आफू अडिक रहेको समेत उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्,‘ गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौँ है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’मा कोही ‘स्लिप’हुनै पर्दैन ।

बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दै छु । सारा प्रश्नहरू एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस