जुम्ला । राष्ट्यि स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा सांसद विनिता कठायतले संघिय सरकार कर्णाली प्रदेशको विकासमा सधै अनुदार रहेको बताएकी छन् । भौगोलिक हिसाबले विकट कर्णाली प्रदेशको जुम्ला,हुम्ला,मुगु,डोल्पा र कालिकोट जिल्लाको विद्युत,संचार,खानेपानी,सडक,पर्यटन लगायतका क्षेत्रको विकासमा सरकार सदियौदेखि अनुदार नरहेको बताएकी हुन् ।
राष्ट्यि स्वतन्त्र पार्टीमा आबद्ध कर्णालीका शुभेच्छुक द्धाराकाठमान्डौमा मंगलबार आयोजित साविक कर्णालीका नागरिकसंग चियापान कार्यक्रममा बोल्दै सांसद कठायतले कर्णालीका सम्भावनाले लगानी कुरिरहेपनि संघिय सरकारले कर्णालीमा लगानी गर्न कन्जुसाई गरिरहेको बताईन् ।
उनले भनिन,‘कर्णालीले राज्यलाई दिने थुप्रै सम्भावना छन् । तर राज्यले लगानी गर्न सकेको छैन् । कर्णाली राजमार्गलाई मृत्युमार्ग भनिदै आएको छ । बजेट अभावले ठुला विमानस्थल बनाउन सकिएको छैन् । पर्यटन पूर्वाधारको अभाव त्यस्तै छ । त्यसैले दुर्गम कर्णालीको विकासका लागि राष्ट्यि स्वतन्त्र पार्टीनै एकमात्र विकल्प हो । आउनुहोस् सहकार्य गरौ,हातेमालौ गरौ । कर्णालीको विकासका लागि घण्टीलाई आत्मसाथ गरौ ।’
एक फरक प्रशंगमा सांसद कठायतले सिंहदबारमा कर्णालीका दुःख देख्ने झयाल नभएको व्यंग्य गरिन् । मुलुक संघियतामा गयो । तीन तहका सरकार बने । तर सिंहदबारमा कर्णालीलाई हेर्ने झयालै छैन् । कर्णाली सधै केन्द्रको उपेक्षा भोग्न विवस रहेको उनको भनाई छ ।
उनले भनिन,‘हाम्रा सम्भावनाले अबसर पाएका छैनन् । बजेट अभावले कर्णाली राजमार्ग मृत्युमार्ग कहलिएको छ । हुम्ला अझै राष्ट्यि सडक संजालमा जोडिएको छैन् । नाम मात्रको राष्ट्यि प्रशारण लाईन छ । कर्णालीलाई राज्यको अनुभुति दिलाउन अबसर पहिचान गर्ने,अबसर देख्ने,दुख बुझने राष्ट्यि स्वतन्त्र पार्टीले दुर्गम कर्णालीका सिंह दरबारमा हामी ढोका बनाउँने,पद्धतीको विकास गर्ने छ । जनताको साथको आबश्यकता छ ।’
कार्यक्रममा राष्ट्यि स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,सांसद सोविता गौतमले कर्णाली आर्थिक,सामाजिक र राजनीतिकका लागि उर्वर क्षेत्र रहेकोले कर्णालीको विकासमा रास्वपाको सधै प्रथामिकता रहने बताएका थिए । हाम्रा भन्दा राम्रालाई छान्ने रास्वपाको नीतिलाई कार्यान्वयन गर्दै निस्वार्थ जनताको काम गर्ने सबै व्यक्तिहरुका लागि रास्वपाको ढोका सधै खुला रहेको समेत बताएका थिए ।
कार्यक्रममा साविक कर्णालीका पाँच जिल्ला स्थायी घर भई विभिन्न पेशा व्यवसायमा काठमान्डौमा रहेका कर्णालीबासीको सहभागिता रहेको थियो ।



