प्रथम पटक प्रकाशित मिति २०८०÷१०÷१९
कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ सालमा जिल्ला प्रशशसन कार्यालय जुम्लामा दर्ता भई समाज कल्याण परिषदमा आबद्धता भएको राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेशका अतिरित्त देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रुपान्तरणको क्षेत्रमा विभिन्न दातृ संस्थासँगको साझेदारीमा काम गर्दै आई रहेको छ ।
चालु आर्थिक वर्ष २०८०÷०८१ (सन २०२४) को लागि यस संस्थाले वल्र्ड भिजन ईन्टरनेशनल नेपाल संगको साझेदारीमा जुम्ला जिल्लाको तातोपानी र तिला गाँउपालिकामा तपशिलमा उल्लेखित विभिन्न प्रकारमा सिप विकास तालिम संचालन गर्ने भएको हुदाँ उल्लेखित तालिमको लागि आवस्यक प्रशिक्षक सेवा प्रदान गर्न योग्यता पुगेका ईच्छुक कम्पनी, संस्था र व्यक्ति लाई संलग्न गरिएका प्रस्तावनाको ढाँचामा प्राविधिक तथा आर्थिक प्रस्तावना पेश गर्न यो सुचना प्रकाशित भएको मितिले ७ दिन अर्थात मिति २०८० माघ २३ गते (६ फेब्रअरी २०२४), सम्म कार्यालय समय भित्र तोकिएको ढाँचाको तपसिलमा उल्लेखित आबस्यक कागजात पेशगरी प्रस्तावना पेश गर्न सूचना प्रकाशित गरिएको छ ।

पेश गर्नुपर्ने प्रस्तावना तथा कागजातहरु
क) प्रस्तावनाहरु
१.प्राविधिक प्रस्तावना (RFP)
२.आर्थिक प्रस्तावना
ख) आवस्यक कागजातहरु
१.Suppliers code of conduct, Child & Adult safe guarding policy and Behavior protocol,
२. तालिमसँग सम्वन्धित TOT (प्रस्तावना पेश गर्ने बिषय संग सम्वन्धित मात्र)
२.कुनै पनि निकायमा कालो सुचिमा नरहेको स्व घोषणापत्र)
२. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि (नविकरणसहित)
३. स्थायी लेखानम्बर÷मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी
५. प्रोप्राईटर÷कम्पनी प्रमुखको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
नोटः– माथी उल्लेखित कागजात किर्डाक नेपाल जुम्लाको कार्यालय तथा ईमेल bharat.nepali@kirdarc.org मा अनुरोध गरि प्राप्त गर्न सकिने छ ।
प्रस्तावना दर्ता गर्ने प्रक्रियाःयो सुचना प्रकाशित भएको मितिले ७ दिन अर्थात २०८० माघ २३ गते (६ फेब्रअरी २०२४) गते कार्यालय समयभित्र माथि उल्लेखित कागजातहरुको शिल÷खामबन्दीगरि निम्न उल्लेखित कार्यालयमा वा इमेलमा सम्पूर्ण आवश्यक कागजात स्कानगरि पेश गर्न सकिने छ ।
थप जानकारी र तोकिएको फारम तथा अन्य विवरण प्राप्त गर्नको लागि दजबचबत।लभउबष्२िपष्चमबचअ।यचन ईमेलमा अनुरोध गरि अथवा निम्न ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध छ ।




