जुम्ला : नेपाल राष्ट्रिय कर्मचारी संगठनको १६ ओैं स्थापना दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ४९ जना बिरामीलाई फलफूल वितरण गरिएको छ।
स्थापना दिवसको अवसरमा एक ओैपचारिक कार्यक्रम गरि बिरामीलाई फलफूल वितरण गरिएको संगठनका जिल्ला सचिव उत्तम देवकोटाले बताए। ‘हामीले हाम्रो संगठनको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेका छौं,’ उनले भने, ‘प्रतिष्ठान देखि जनस्वास्थ्य कार्यालयसम्मको सरसफाई पनि गरि हामीले स्थापना दिवस मनाएका छौं।’
सरकारी सेवा सुविधा उपभोग गर्ने कर्माचारीले जनाताको सेवा गर्ने बाहेक अर्को उदेश्य राख्नु नहुने नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेशका अध्यक्ष देवेश्वर गिरीले बताए।
‘आज कर्मचारीप्रति जनताको दृष्टिकोण गतिलो छैन। कर्मचारीले हुने काम पनि नहुने गरि जनतालाई दु:ख दिएको भनी आएका गुनाशा अस्वभाविक छैनन्,’ उनले भने, ‘बिगार्ने काममा नेताहरु पनि पछाडि छैनन्। तर बाहिर नेताहरु समेत कर्मचारीको आलोचना गर्ने हुनाले सेवा बाहेक अर्को उदेश्य बनाउनु हुँदैन।’
उनले अहिले कर्माचारीलाई आफ्नाे कार्यकर्ता बनाउन दलीय व्यवस्थाले कर्मचारीका संगठनलाई सरुवा बढुवा र राजनीतिमा मात्रै अलमल्याई सेवा गर्ने वातावरण नबनाएको बताए।
सरकारी सेवामा रहेर जनताका सेवालाई पहिलो प्राथमिकता दिने नेपाल राष्ट्रिय कर्मचारी संगठनले सथापना दिवको अवसरमा परोपकारको काम गरेको जिल्ला उपाध्यक्ष विरेन्द्र रावलले बताए।



