हिमाका निर्वतमान अध्यक्ष स्वर्गिय रजबहादुर शाहीको नाममा फाउण्डेसन दर्ता

जुम्ला : हिमा गाउँपालिका जुम्लाका निर्वतमान अध्यक्ष रजबहादुर शाहीको नाममा रज फाउण्डेसन दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा संस्था दर्ता ऐन २०३४ को दफा (४) बमोजिम माघ १६ गते दर्ता भएको हो ।

Exif_JPEG_420


हिमा गाउँपालिका प्रथम जननिर्वाचित अध्यक्ष शाहीको सम्झनामा दर्ता गरिएको फाउण्डेसनका संरक्षक अम्मरराज शाहीले बताए । उनले भने सामाजिक क्षेत्रमा काम गर्नेका लागि उहाँको नाममा फाउण्डेसन दर्ता गरिएको हो । शिक्षा, स्वास्थ्य, रोजगारीमा पछाडी परेका विपन्न वर्गको उत्थानका लागि फाउण्डेनले दातृ निकायसँग समन्वय सहकार्य गरी काम गर्ने छ ।
निर्वतमान अध्यक्ष शाहीको नेपालगज्जस्थित कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा २०८० बैशाख १६ गते निधन भएको थियो ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस