जुम्ला । सिंजा गाउँपालिका वडा नं-६ जाेडु गाउँकी रमिशा बुढा फेला परेकि छन् । गत माघ ११ गतेदेखि हराईरहेकी १२ वर्षिया बालिका रमिशा बुढा १४ दिनपछि सकुशल फेला परेकी हुन् ।
बुधबार तातोपानी गाउँपालिका-१ बाइराका गाउँबाट तातोपानी तर्फ आउँदै गरेको अवस्थामा बालिका फेला परेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।
बालिका हराएकाे खबर प्राप्त भएसंगै प्रहरीले खाेजी कार्य जारी राेखेकाे र १४ दिनपछि बुधबार सकुशल भेटाएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरिक्ष प्रल्हाद कार्कीले बताए ।
खोजी कार्यमा जुटेका प्रहरीले बालिकालाई भेटाएपछि बुधबार नै परिवारको जिम्मा लगाएको छ।
गत माघ ११ घरबाट भेडा लिन जान्छु भनी भाडगाँउ तर्फ गएकी रमिशा साँझ सम्म घर नफर्किएपछि उनकी आमा बिष्नकली (रावत) बुढाले छोरीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएकी थिइन्।
प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार



