ल्होसार पर्व र यसको सन्देश

बलिबहादुर बुढा

ल्होसार भनेको साल र सार भनेको नयाँ हो । अर्थात ल्होसारको शाब्दिक अर्थ एक साल समाप्त भएर नयाँ सालको उदय हुनुलाई बुझिन्छ । नेपालमा तमु ल्होसार सोनाम ल्होसार र ग्याल्पो ल्होसार लगायतका ल्होसार पर्वहरु फरक फरक महिनामा मनाइन्छन । सोनाम ल्होसारको एक महिनापछि फागुन महिनाबाट खेतीपाती सुरु हुने र ग्याल्पो ल्होसार मनाउन फुर्सद नहुने भएकाले यसै महिनामा मनाइने गरिन्छ । आठौँ सताब्दिमा भोट देशका धर्म राजा ठिसोङ देउचेनले सस्कृतिको बिकास गर्ने क्रममा किसानहरुको समयाअनुकुल ल्होसार मनाउने परम्पराको सुरुवात गराएको इतिहाँस पाइन््छ । नेपालमा मनाइने ग्याल्पो ल्होसार राष्ट्यि रुपमा मनाइने भएकोले राजकिय ल्होसार अथवा ग्याल्पो ल्होसार भनिएको हो । सन् १२२४ मामङगोलका राजामिन्जेकबाट सासन लिइएको बिजयको सुरुवातमा प्रत्येक वर्ष प्रतिपर्दाका दिनबाट ल्होसार मनाउन सुरु भएको पाइन्छ । यो ल्होसार भोट देशका सबै प्रान्त र नेपालका बौद्ध धर्मा लम्बीहरुले मनाउने गर्दछन् ।
नयाँ सालमा सबै ग्रह दशा शान्त भई एकता सद्भाव र सहिशुणतालाई बलियो बनाउदै भेषभुषा सामाजिक परम्पराहरुको संरक्षण र सम्बर्दन गर्दै यो मौलिक पर्वका रुपमा मनाइन्छ । ग्याल्पो ल्होसार पर्व कर्णालीका मुगु, जुम्ला, हुम्ला, डोल्पा जिल्लाका उत्तरी भेग स्थायी तथा अस्थयी रुपमा बसोवास गर्ने लामा तामाङ समुदायले भव्यकताका साथ मनाउछन् ।


नयाँ वर्षका रुपमा चिनिने यो पर्व यस वर्ष २१५० औँ वर्ष हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर चरा, कुकुर र बराहगरि १२ बर्गमा बिभाजन गरिएको छ । यसवर्ष ढुक्लो ड्रागन बर्षको रुपमा रहेको छ । नयाँ बर्षमा नयाँ ग्रहदशा तय हुने र रोग ब्याद हटाउनका लागि पुजा पाठ आवश्यक हुने धारणा रहेको छ । यस बर्ष उक्त ल्होवासार पर्नेहरुको लागि जन्म दिन तथा ग्रह दशा पुजाको रुपमा उपहार सम्मान गरिन्छ । साथै नयाँ पर्वमा सम्पुर्ण मान्ने भगवान देवतालाई धजा टाँगेर पुजा गरिन्छ । साथै नयाँ बर्षमा गरिने पेशा ब्यवसायको पुजा पनि गरिन्छ ।


आज नयाँ वर्ष १ गते देखी महिनौ दिनसम्म नातेदार, आफन्तजन, इस्टमित्र समुदायमा बसोबास गर्ने सबैसंग खानपिन, स्वागत सत्कार, स्थानीय पराम्परा सहितका नाचगान सेलो नाच, धनुबाण खेल जस्ता कृयाकलाप गरिन्छ । यस क्षेत्रमा न्युन रोजगारीको आम्दानीले पनि भव्य रुपमा ल्होसार पर्व मनाउने क्रममा प्रयोग गरिने खाधान्न परिकारहरुको ब्यवस्था गरिएको हुन्छ । नेपाली पात्रोमा भने आज सोनाम ल्होसार उल्लेख गरिएको छ ।

सावधानी रहदै ल्होसार पर्वलाई कम खर्चिलो, सावधानी पूर्वक र लोप हुन लागेका परम्मपरा जर्गेना गर्दै मौलिक पर्वका रुपमा मनाउन आवश्यक छ र जनचेतना फैलाउनु अपरिहार्य रहन्छ ।

(बलिबहादुर बुढा, जनस्वास्थ्य निरिक्षक, मुगुम कार्मारोङ गाउँपालिका मुगु)

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस