कालिकोट – पठन संस्कृतिको विकासका लागि पहिलो पटक नरहिरनाथ गाउँपालिका स्तरीय वृहत् पढाइ मेला सम्पन्न भएको छ । शनिवार नरहरिनाथ गाउँपलिकाको केन्द्र कुमालगाउमा पढाइ मेला सम्पन्न भएको हो ।
मेलामा गाउँपालिकाका १३ अधारभूत र ६ माध्यामिक विद्यालयका एक हजार बढी शिक्षक, विद्यार्थी, अभिभावकलगायत शैक्षिक सरोकारवालाले अवलोकन गरेका छन् । पालिकाले बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न गाउँपालिकामा पहिलो पटक वृहत् पढाइ मेला तथा शैक्षिक सामग्री पर्दशनीको आयोजना गरिएको हो । मेलामा बालबालिकाले निर्माण गरेका डोजर, गाडी, पठन तथा खेलका सामग्री, पाठ्य पुस्तक, अक्षर पत्ती खेल जस्ता विभिन्न विद्यालयले निर्माण गरेको शैक्षिक सामाग्री प्रर्दशनी गरिएको थियो ।

पढाइ मेलामा स्थानीय स्रोत साधन प्रयोग गरेर शैक्षिक सामग्री तयार गरिएको र धेरै विद्यालयहरू एकै ठाउँमा शैक्षिक सामग्री रहँदा निकै उपयोगी हुँने कुरा अभिभावक गणेश बिष्टले जनाकारी दिए । नेपाली, अङ्ग्रेजी, विज्ञान र प्रविधि, सामाजिक ,खेल, चित्र कला, चित्र कथा, गणित, पेपरक्राफ्ट विधाका सामग्री मेलामा प्रस्तुत गरिएको बिष्टले थपे ।
रमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा निकिता भण्डाराले शैक्षिक मेलामा आउँदा शैक्षिक सामग्री पनि यति धेरै हुँदा रहेछन् भन्ने ज्ञान भएको बताए । उनका अनुसार आफूले जाने र बुझेसम्मका शैक्षिक सामग्री लिएर मेलामा सहभागी भएको र धेरै विद्यालयले फरकफरक सामग्री ल्याउँदा अनुभव साटासाट गर्ने राम्रो अवसर मिलेको भनिन् ।
नन्दादेबी माध्यमिक विद्यालयका शिक्षक हिरामणी सिम्खाडाले बालबालिकामा पढाइप्रति रुचि बढाउन पढाइ मेला निकै प्रभावकारी देखिएको बताए । उनले भने, मेलाले शैक्षिक सामाग्रीको प्रयोग, पठन संस्कृतिको विकास गर्न पनि मद्दत गरेको छ । विद्यार्थीलाई विषयगत विषयमा उत्प्रेरणा दिन, पढाइलाई प्रतिस्पर्धात्मक बनाउन र बालबालबालिकालाई पढाइप्रति रुचि बढाउने काम गरेको जनाएका छन् ।
पालिकाका उपाध्यक्ष कमल कुमार शाहले पालिकाभित्र रहेका सामुदायिक विद्यालय लाइ शिक्षा क्षेत्रको नयाँ अनुभव भएको, बाल केन्द्रित, नविनतम् र आकर्षक पठन सामाग्रीका स्टल निर्माण र यसलाइ निरन्तरतामा सबैले लाग्नु पर्ने बताए ।
नरहरिनाथ नगरपालिकाको आयोजनामा पालिक स्तरीय पढाइ मेला भएको हो । किर्डाक, नेपालका जिल्ला संयोजक तुलाराज पाण्डेले गुणस्तरिय शिक्षाका लागि पढाइ मेला महत्व पुर्ण रहेको र अगामि दिनमा सबै मिलि निरन्तरता दिनु पर्ने बताए ।
बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामाग्रीको पहुँच बढाउँदै पठन संस्कृति विकास गर्ने उद्देश्यले पढाइ मेला गरिएको शिक्षा प्रमुख दुर्गलाल न्यैपाने जानकारी दिए । उनले पढाइ मेलालाइ गाउँपालिकले अगामि वर्षामा वार्षिक शैक्षिक पात्रोमा पहिलो प्रथामिकता हुने प्रर्तिवद्धता जनाए । यो कर्णालीकै पहिलो गाउँपालिका स्तरीय पढाइ मेला रहेको जसले अन्तर विद्यालय पढाइ मा प्रयोग हुने सामाग्री अनुभव साँटासाँट भएको जनाए।
मेलामा भएका प्रस्तुतीमा माध्यामिक तह उत्कृष्ठ नन्दादेवी माध्यामिक र अधारभुत तह चैथिकोट अधाभुत बिद्यालय भएका छन् ।



