जुम्ला । विभिन्न ११ वटा ऐन पारित गर्दै चन्दननाथकाे १२ ओैँ हिउँदे नगरसभा सकिएकाे छ । विभिन्न ११ वटा ऐन,नियमावली,कार्यविधि पारित गर्दै नगरसभा सकिएकाे हाे ।
जसमा चन्दननमथ नगरपालिका कृषि ऐन-२०८०, कृषि विकास कोष संचालन तथा व्यवस्थापन कार्यविधि-२०८०, संगठन तथा व्यवस्थापन सर्वेक्षण-२०८०, हिमपात तथा चिसोको आकास्मिक योजना-२०८० लगायत ११ वटा ऐन तथा कार्यविधि पारित गरिएको नगरपालिका प्रबक्ता नवराज देवकाेटाले बताए ।
विभिन्न ऐन निर्माणसंगै दैनिक कार्यसम्पादनमा सहज हुने प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्याैपानले बताए ।
आबश्यक कानुन निर्माणले नगरलाई आगामी दिनका काम गर्ने क्रममा कानुनी अड्च नआउने आशा गरिएकाे छ ।
१२ ओैं हिउँदे नगरसभाले ११ औं नगर सभाबाट स्वीकृत गरेकाे वार्षिक नीति, बजेट तथा कार्यक्रमकाे हालसम्म भएका गतिविधि उपलब्धिहरुको समिक्षा गरिएकाे नगर उपप्रमुख रामदेवी खड्काले बताईन् ।
साथै वित्तीय तथा भौतिक प्रगतिकाे समिक्षासंगै गरिएकाे छ । नगरपालिकाको सिमित स्रोत साधनका बाबजुद पनि नागरिकका असिमित आबश्यकता पूरा गर्न प्रयासरत रहेकाे उल्लेख गरिन् ।
मेयर राजुसिंह कठायतले जनताले महसुस गर्ने गरि सेवा प्रवाह ,सुशासन र विकासका कामलाई नगरपालिकाले अघि बढाएकाे बताए ।



