कर्णाली उत्सव: पाँचौ संस्करणकाे सबै तयारी पुरा,१३ वटा सेशन सञ्चालन हुने

सुर्खेत । शनिवारदेखी सुरु हुने कर्णाली उत्सवकाे पाँचाैँ संस्करणकाे सम्पुर्ण तयारी पूरा भएकाे छ । फागुन ५ गतेदेखि ७ गते सम्म कर्णाली प्रदेशकाे राजधानी विरेन्द्रनगर स्थित बुलबुले उधानमा सञ्चालन हुने कर्णाली उत्सव,कुडा कर्नालीकाकाे पाँचाै संस्करणकाे सम्पुर्ण तयारी पूरा भएकाे हाे ।

शुक्रबार आयाेजित पत्रकार सम्मेलन मार्फत कर्णाली उत्सवकाे पाचाैँ संस्करणकाे सबै तयारी पूरा भएकाे जनाएकाे छ । पाँचाै संस्करणमा विभिन्न १३ सेसन,३ वटा पैकेलाेकाे प्रस्तुती र हरेक दिन सांस्कृतिक साँझकाे आयाेजना हुने छ ।

कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने वहस र विमर्शको उत्सव  । कुडा कर्नालीका यसको मुख्य नारा रहेको छ । कुराकानीकै माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको हो ।

पत्रकार सम्मेलनमा कर्णाली उत्सवका संयाेजक कमल लम्सालले भने,’ परम्परागत रुपमा हुने कचहरी वा बैठककै आधुनिक रुप हो कर्णाली उत्सव । कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक वहसको श्रृंखला थालनी गरेका हौं । यसले मूलतः कर्णालीलाई केलाउँछ । समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाब दिन्छ । र सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउन प्रयास गर्छ ।’

प्रेस विज्ञप्तीमा भनिएकाे छ,’ऋति फाउण्डेसनले थालेको यो सामाजिक अभियानमा विभिन्न तहका सरकार, गैरसरकारी संघ संस्था, व्यावसायिक प्रतिष्ठान, प्रवुद्ध व्यक्तिहरु तथा नागरिक समाजको ठूलो सहयोग रहिआएको छ । जसका कारण कर्णाली उत्सवको चारवटा संस्करणहरु सफलतापूर्वक सम्पन्न भैसकेका छन् । मिडियाको मुख्य भूमिकाकै कारण कर्णाली उत्सवले एउटा बेग्लै पहिचान बनाएको छ ।’

कर्णाली उत्सवको मुख्य उपलब्धी भनेकै कर्णालीलाई चिन्ने र चिनाउने प्रयास हो । कर्णाली केन्द्रित राष्टि्य स्तरकाे बहसले कर्णालीका सम्भावनाकाे पहिचान गर्न टेवा पुराउने विश्वास छ ।
कुरा गरेर के हुन्छ ? भन्ने प्रश्नहरु पनि उब्जीएका छन । कर्णाली उत्सव लाेकतान्त्रिक अभ्यास हाे ।कुनैपनि कामको शुरुवात बिचारबाटै हुन्छ । समाजमा खुला र लोकतान्त्रिक वहसलाई संस्कारको रुपमा विकास गर्न सघाउँछ ।

घरदेखि सरकारका काम कारबाहि अघि बढाउन बहस विमर्श बिना सम्भव छैन् । त्यसैले सरकारका नीति निर्माणदेखि सम्भावना पहिचान र लगानी भित्राउन कर्णाली उत्सव जस्ता बहसले उल्लेखीय भुमिका खेल्ने आयाेजककाे तर्क छ ।
कर्णाली उत्सवको आयोजना स्वयंसेवी एवं स्वःस्फूर्त ढङ्गले हुन्छ । उत्सवमा हुने सबैजसो खर्च प्रस्तावना आव्हानका आधारमा प्रायोजक तथा साझेदारहरुले व्यहोर्दै आएका छन् ।

आयोजक संस्था ऋति फाउण्डेसनले कार्यक्रमको खर्च तथा आम्दानी विवरण लेखापरीक्षण गरी सार्वजनिक समेत गर्दै आएको छ । कर्णाली उत्सवकाे शीर्ष प्रायाेजककाे रुपमा राष्टि्य बाणिज्य बैंक रहेकाे छ ।

यी हुन तीन दिन चल्ने शेसन

पहिलाे दिन फागुन ५ गते पहिलाे सेसन भुकम्पपछिकाे राहत उद्दार केन्द्रित ‘ईपिसेन्टर’, ‘संकट र सेवा’,जाेखिम र ‘जुद्न्या जुक्ति’, दाेस्राे दिन ‘कर्णाली: धराेहर-मनाेहर’, ‘कर्णाली दृष्टि’,  ‘कर्णाली क्याराभान’, ‘अपाङ्गता: पहुँच र पाैरख’, ‘हाम्माे काली,हाम्मै कर्नाली’, ‘अन्तरजातीय विवाह: रहर र कहर’, र तेस्राे दिनमा ‘लाेकतन्त्र: दलभित्र,देशभित्र’, ‘देश जान्या’, ‘समाज र संघर्ष’, ‘खस कुडा-खास कुडा: साैराई जिन्नगीकाे’, र अन्तिम सेसन ‘विकास अन्र्या,विकास खान्या’ गरि तीन दिनमा १३ वटा सेसन संचालन हुने छन् ।

भने हरेक दिन एक/एक जना पैकेलाेकाे रुपमा प्रस्तुत हुनुहुने छ । भने साथै सांगितिक साँझकाे आयाेजना पनि हुने छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस