विपदकाे जाेखिममा कर्णाली, राहत उद्दारमा नीति र बजेटकै अभाव

सुर्खेत । भाैगाेलिक रुपले विकट कर्णाली प्रदेश प्राकृति विपद्काे जाेखिममा रहेकाे छ । बाढी पहिराे,भूक्ष्य,आगलागी जस्ता विपदकाे जाेखिम कर्णालीमा बढ्दै गएका छन् । विपद विद शक्ति गुरुङका अनुसार नेपाल भुकम्पीय जाेखिमले २१ ओै स्थानमा,बाढी पहिराेकाे जाेखिमले २० ओै स्थानमा र जलवायु जाेखिमले १० ओै स्थानमा छ ।

उनले भने,’यी सबै जाेखिमकाे प्रभाव बढी कर्णालीमा छ ।पुर्वसूचना प्रणालीलाई मजबुद बनाउने देखि राहत उद्दारका लागि तीनै तहका सरकारले तत्काल समन्वय गरि काम गरन जरुरी हुन्छ । ठाेस नीति र प्रयाप्त बजेट हुनु पर्छ ।’

जुम्ला सिंजा गाउँपालिकाले अध्यक्ष पुर्ण प्रसाद धितालले हरेकखाले जाेखिमबाट कर्णाली प्रभावित हुन सक्ने विज्ञहरु बताएपनि बजेट र नीतिकाे अभावले राहत उद्दार तथा पूर्वतयारी कमजाेर रहेकाे बताए ।

कर्णाली उत्सवकाे ‘विपद र जुईन्या जुक्ति’ शत्रमा बाेल्दै अध्यक्ष धितालले कति ठाउँमा नीतिकाे अभावले भएकै बजेट विपदमा खर्च नभएकाे र कतिपय अबस्था संघ प्रदेशले प्राप्त बजेट नदिँदा स्थानीयतहका विपद व्यवस्थापन कमजाेर भएकाे गुनासाे पाेखे ।

उनले भने,’हामीले स्थानीय तहमा सक्दाे विपद प्रतिकार्यका काम गरिरहेका छाै ।  सबै ठाउँमा एकै उपायले विपद व्यवस्थापन नहुन सक्छन् । कठिन भूगाेललले विपद व्यवस्थापनमा चुनाैती छ । मानविय क्रियाकलपालाई वातारणमैत्री बनाउन जरुरी छ । संघले कन्जुसाई गर्ने,प्रदेशले जिल्ला विपद व्यवस्थापन समितिलाई मात्र समन्वय गर्ने समस्याले स्थानीयतह कमजाेर बनेकाे छ ।’

स्राेतकाे अभावले विपदसंग जुद्न अझै चुनाैती । ०७९ सालकाे बेमाैसमी बाढीले जुम्लालाई ठुलाे क्षती भयाे । संकटग्रष्त क्षेत्र पनि घाेषणा गरियाे । तर नत बजेट आयाे, नत सरकारकै बजेट चलाउने नीति । बजेट पठाउने नीति नपठाउने समस्याले पठाएकाे बजेट पनि खर्च हुन सकेर थन्कीएकाे अध्यक्ष धितालकाे भनाई छ ।

प्रदेशकाे कानुन मन्त्रायले विपद प्राधिकरणले दिन्छु भनेकाे बजेट नपठाउँदा पालिमामा राहत वितरण गर्न राेकिएकाे अध्यक्ष धितालले उल्लेख गरे ।

विपद जुईन्या जुक्ति शत्रकाे अर्का वक्ताका रुपमा बाेल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसिले विपद् संग जुद्न सरकारले प्रतिकार्य याेजना बनाउन तर्फ केन्द्रित रहेकाे बताए ।

‘कर्णालीले सधै विपदकाे सामना गर्नु पर्ने स्थिति छ’, उनले भने, ‘भुकम्प,बाढी पहिराे चङ्याले कर्णाालीमा जनधनकाे क्षति बढ्दाे छ । यी विपद संग जुद्न नीतिगत व्यवस्था गर्न जुटिरहेका छाै । विपद एकजनाले चाहेर राेकिदैन । हामीले नीतिगत व्यवस्था संगै कार्यान्वयनमा जाेड दिने हाे ‘

डिजिटल कर्णाली प्रदेशकाे अबधारणालाई अघि सारिएकाे भन्दै मन्त्री जिसिले हरेक विपद कहाँ कहिले हुन्छ भन्ने पुर्वअनुमान सूचना प्रणालीलाई व्यवस्थित गर्नु पर्नेमा जाेड दिए ।
जिल्ला विपद व्यवस्थापन समिति भन्दा पालिका स्तरकाे विपद व्यवस्थापन काेषलाई बलियाे बनाउनु पर्ने मन्त्री जिसिकाे भनाई छ ।

‘जुम्ला,हुम्ला,मुगुमा अझै राहत नपाएकाे गुनासाे छ । कानुन मन्त्रालयकाे काम कारबाहि गर्न जिल्लामा कुनै संयन्त्र छैन् । राहत वितरणका लागि पैसा पठाउदा पनि वितरण हुन सकेकाे छैन्’ मन्त्री जिसिले भने ।

वक्ता विपद प्राधिकरणकाे कार्यकारी निर्देशक अनिल पाेखरेलले विपद व्यवस्थापन तथा राहत उद्दारका काम एक व्यक्ति र एक निकायले गरेर सम्भव नहुने भन्दै तीनै तहबीच समन्वय हुनुपर्नेमा जाेड दिए ।

प्राधिकरणले पुर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र राहत उद्दारमा देखिएका नीतिगत कठिनाईकाे समधान तथा बजेट अभावकाे पक्षलाई प्रथामिकतामा राखि काम गर्ने उल्लेख गर्नुभयाे। तर विपद प्राधिकरणले गर्ने विपद पूर्व सूचना प्रणालीकाे सेवा स्थानीयतह सम्म प्रभावकारी रुपमा दिन सकेकाे छैन् ।
उत्सवकाे दाेस्राे दिन आज ७ वटा सेसन चल्ने छन् । भने एक जना पैकेलाेकाे कथा र सांगितिक साझ प्रस्तुत हुनेछ

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस