जुम्ला : पातारासी गाउँपालिकाको १२ औँ हिउँदे गाउँ सभा सम्पन्न भएको छ । १२ ऐन कानुन पारित गर्दै हिउँदे गाउँ सभा सम्पन्न भएको हो ।
गाउँ सभामा पातारासी गाँपालिकाको भवन निर्माण मापदण्ड निर्देशिका, २०८० सहित १२ ऐन कानुन पारित भएको उपप्रमुख जनमाया रोकायाले बताइन् ।
यस्तै हिउँदे गाउँ सभाले पातारासी गाँपालिकाको नतिजामा आधारित विद्यालय प्रोत्साहन अनुदान कार्यविधि २०८०, पातारासी गाँपालिकाको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नीति २०८० र
पातारासी गाउँपालिकाको नर्सरी स्थापना संलाचन तथा व्यवस्थापन निर्देशन २०८० पारित भएको जनाएको छ ।
पातारासी गाँउपालिकाको उच्च शिक्षा संचालन कार्यविधि २०७७ दोस्रो संशोधन २०८०, पातारासी गाँपालिकाको कार्यसञ्चालन निर्देशिका २०८०, पातारासी गाँपालिकाको विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ पहिलो संशोधन २०८० र पातारासी गाउँपालिका अन्तर्गत ऊर्जा बिकास उपसमिति गठन तथा सञ्चालन कार्यविधि २०८० पारित भएको छ ।
पातारासी गाँउपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, पातारासी गाँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना २०८०, पातारासी गाँपालिकाको सडक आश्रीत सहयोगापेक्षी मानव उद्धार, पुनस्थापना तथा व्यवस्थापन कार्यविधि २०८० र पातारासी गाउँपालिकाको बालमैत्री आचासंहिता २०८० गाउँ सभाले पारित भएको जनाएको छ ।



