१२ वटा नीति पारित गर्दै सकियाे पातारासीकाे १२ औं गाउँसभा

जुम्ला ।  पातारासी गाउँपालिकाकाे १२ औं हिउँदे गाउँसभा सकिएकाे छ । विभिन्न १२ वटा नीति पारित गर्दै पातारासीकाे १२ ओैँ गाउँसभा सकिएकाे हाे ।
हाल सम्म भएका गतिविधिकाे समीक्षा तथा आगामी कार्यक्रमकाे याेजना र विभिन्न १२ वटा नीति पारित गरेर हिउँदे गाउँसभा सकिएकाे पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया राेकायाले बताईन् ।

उनका अनुसार महिला तथा बालबालिका, शिक्षा, भवन निर्माण मापदण्ड, कृषि तथा विपत् सम्बन्धिका नीति पारित गर्दै गाउँसभा सम्पन्न भएको छ।

गाउँसभाले पातारासी गाँपालिकाको भवन निर्माण मापदण्ड निर्देशिका-२०८०, पातारासी गाँपालिकाको नतिजामा आधारित विद्यालय प्रोत्साहन अनुदान कार्यविधि-२०८०, पातारासी गाँपालिकाको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नीति-२०८० पारित गरेको छ।

त्यस्तै पातारासी गाँपालिकाको नर्सरी स्थापना संलाचन तथा व्यवस्थापन निर्देशन- २०८०, पातारासी गाँउपालिकाको उच्च शिक्षा संचालन कार्यविधि -२०७७ दोस्रो संशोधन-२०८०, पातारासी गाँपालिकाको कार्यसञ्चालन निर्देशिका- २०८० गरी १२ वटा कार्यविधि,नियमावली तथा नीतिहरु सर्व सहमतिबाट पारित भएको उपाध्यक्ष रोकायाले कर्णाली मिसनलाई जानकारी दिईन् ।

पातारासी गाँपालिकाको विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ पहिलो संशोधन, २०८०, पातारासी गाँउपालिका अन्तर्गत उर्जा बिकास उपसमिति गठन तथा सञ्चालन कार्यविधी २०८०, पातारासी गाँउपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८०, पातारासी गाँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, २०८० निर्माण भएका छन्।

उपाध्यक्ष रोकायाका अनुसार पातारासी गाँपालिकाको सडक आश्रीत सहयोगापेक्षी मानव उद्धार, पुनस्थापना तथा व्यवस्थापन कार्यविधि, २०८० र पातारासी गाँउपालिकाको बालमैत्री आचासंहिता, २०८० पनि पारित भएका हुन।
नीति निर्माण संगै दैनिक कार्यसम्पादनमा सहज हुने गाउँपालिका अध्य‍क्ष पुर्णसिंह बाेहाेराकाे अपेक्षा छ । सबै नीति कार्यान्वयनमा अक्षरस पालना गर्नका लागि सबैले सहयाेग गर्न समेत उनकाे अपिल छ ।

पातरासी गाउँपालिकाले विभिन्न नीति र कार्यविधि निर्माण गरेपछि कानुनी अड्चनका कारण काम गर्ने कठिनाइ नआउने अध्यक्ष बाेहाेराकाे भनाई छ ।

पारित भएका नीतिहरुकाे सूच

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस