ताताेपानी-५ का विपन्नलाई ग्याँसचुलाे र हिल ट्यांक वितरण

जुम्ला । ताताेपानी गाउँपालिका वडा नम्बर ५ ले वडाका विपन्न नागरिकलाई ग्याँस चुलाे र हिल ट्यांक वितरण गरेकाे छ । चालू आर्थिक वर्षमा वडाकाे विनियाेजित कार्यक्रम अन्तरर्गत  वडाका ४५ घरधुरीलाई ग्याँस चुलाे वितरण गरिएकाे वडाध्यक्ष छिरिङ महतले बताए ।

उनका अनुसार चालू आवमा विनियाेजित कार्यक्रमनुसार वनमा गएर काठ दाउरा ल्याउन नसक्ने,आर्थिक रुपमा विपन्न ४५ घरधुरीलाई ग्याँस चुलाे वितरण गरिएकाे हाे ।

वडाध्यक्ष महतले भने,’एकातिर धुलाे धुवाँले बालबालिका,जेष्ठनागरिकलाई असर गर्ने र अर्काेतिर वन जंगल जाेगाउनका लागि पनि ग्याँस चुलाे बाडेका छाै । यसले वडाका विपन्न नागरिकलाई राहत हुने आशा छ । सहि सदुपयाेगका लागि समेत लाभग्राहिलाई सुझाईएकाे छ ।’

ग्याँस चुलाे संगै ५ नम्बर वडाले ७५ वटा हिल ट्यांक समेत वितरण गरेकाे छ । चालू आवमा विनियाेजित कुल ९ लाख बजेट मार्फत वडाका नागरिकलाई ग्याँस चुलाे र हिल ट्यांग वितरण गरिएकाे वडाध्यक्ष महतले कर्णाली मिसनलाई जानकारी दिए ।

हेर्दा वितरणमुखी कार्यक्रम देखिएपनि नागरिककाे माग र आबश्यकतानुसार वडाले ग्याँस चुलाे बाँडेकाे वडाध्यक्षकाे भनाई छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस