कर्णाली समस्याको होईन,अबसरको केन्द्र होः सांसद कठायत

जुम्ला । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सांसद विनिता कठायतले कर्णाली समस्याको नभई अबसरको केन्द्र भएको बताएकी छन् । कर्णालीमा अशिक्षा,बेरोजगारी,अभाव,रोग भोग मात्र छैन् । कृषि,पर्यटन,जडिबुटि,जलविद्युतको प्रचुर सम्भावना भएकोले कर्णाली समस्या मात्र नभई अबसरको केन्द्र भएको उल्लेख गरिन् ।

कर्णालीको सम्भावनालाई अबसरमा बदल्न लगानी र नीतिकै अभाव रहेको भन्दै राज्यले कर्णालीको रिबी,अशिक्षा,विकटतालाई समस्याका रुपमा मात्र हेरेको गुनासो पोखिन् । राज्यले कर्णालीको अबसरलाई नजर अन्दाज गर्दै लगानीमा कन्जुसाई गर्दै आएको उनको भनाइ छ ।

सांसद कठायतले आईतबारको बैंठकको विशेष समयमा बोल्दै कर्णालीको स्वास्थ्य,शिक्षा,रोजगारीको क्षेत्रमा उल्लेखीय लगानी गर्नुपर्ने उल्लेख गरिन् ।

उनले भनिन,‘कर्णालीलालाई अशिक्षाबाट शिक्षित हुने मौका दिनुहोस्,बिरामी परेका बेला स्वास्थ्य उपचारमा पहुँच होस, र हामीलाई रोजगारीका अवसर सिर्जना हुने वातावरण मिलाइदिनुहोस्, सरकार,यति नै हो हाम्रो माग । उचित स्रोत परिचालन नहुँदा आज कर्णाली पिछडिएको छ । अवसर र लगानी भए कर्णाली पनि नेपाल हो । कर्णाली पनि जुनकिरी झै बत्ती बाली संसारमा चम्कीन सक्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस