जुम्ला । जुम्लामा भाेलीदेखि प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियाेगिता सुरु हुने भएकाे छ । दशैँ राष्टि्य खेलकुद प्रतियाेगिताकाे लागि पुरुष तर्फकाे फुटबल टिम तयार गर्न जुम्लामा भाेलीदेखि प्रदेश स्तरीय फुटबल प्रतियाेगिता हुने भएकाे हाे ।
नन्दा बक्स गण जुम्लाकाे खेल मैदानमा हुने प्रतियाेगिताकाे सम्पुर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ । साेमबार पत्रकार सम्मेलन गरी मंगलबारदेखि सुरु हुने प्रतियाेगिताका लागि सबै तयारी पूरा भएकाे जनाईएकाे हाे ।
प्रतियाेगितामा कर्णाली प्रदेशका १० जिल्ला मध्य ६ वटा जिल्लाकाे सहभागिता रहने जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले बताए । उनका अनुसार आयोजक जिल्ला जुम्ला सहित मुगु, हुम्ला, सुर्खेत, कालिकोट र जाजरकोटकाे टिम खेलमा सहभागी हुने छ । भने डाेल्पा,दैलेख,सल्यान र रुकुम पश्चिमकाे टिमले सहभागिता जनाएकाे छैन् ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०८१ मंसिर २ -९ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुँदैछ । उक्त प्रतियाेगितामा सहभागी हुने पुरुष तर्फकाे प्रदेश स्तरीय फुटबल टिम तयार गर्न जुम्लामा प्रतियाेगिता गरिएकाे हाे ।
महासचिव हमालले भने,’प्रतियाेगिता जुम्लामा हुनु अबसर चुनाैती दुबै छ । हामीले प्रतियाेगिता सफल बनाएर जिल्लाकाे पहिचान दिनु छ । यसमा सबैकाे साथकाे आबश्कता छ ।’
फाल्गुन १५-१९ गते सम्म संचालन हुने कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन छ वटा जिल्लाका टिम दर्ता भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।
पत्रकार सम्मेलनकै बेला खेल तालिका ‘टाइसिट’ तयार गरिएकाे छ । जसमा भाेली उद्घाटन खेल हुम्ला र जाजरकाेट बीच हुने छ । जितेकाे टिमले १६ गते दिउँसाे १२:३० कालिकाेट संग खेल्नु पर्ने छ । जिजेकाे टिम फाईनलमा जाने छ।
त्यस्तै फागुन १६ गते विहान ९:३० बजेकाे खेलमा सुर्खेत र मुगुबीच खेल हुनेछ । जितेकाे टिमले फागुन १७ गतेजुम्ला संग खेल्ने छ । जुम्ला र सुर्खेतबीचकाे खेलमा जित्ने टिम फाईनलमा प्रबेश गर्ने छ ।
यसैबीच महासचिव हमालले सामाजिक सञ्जालमा आए जस्ताे खेलाडी छनाेटमा कुनै पूर्वाग्राह नभएकाे दाबी गरे । ताेकिएका ८ वटा सूचकमा आधारमा निस्पक्ष रुपमा खेलाडी छनाेट गरिएकाे उनकाे भनाई छ ।
प्रतियोगिता फागुन १५ देखि १९ सम्म संचालन हुनेछ। उद्घाटन खेलमा कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाईं र देवेन्द्र बहादुर शाहीको सहभागिता हुने छ ।



