जुम्ला । जुम्लामा आजदेखि प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियाेगिता हुँदै छ । आगामी मंसिर २ देखि ९ गते सम्म सुर्खेतमा दशाैँ राष्टि्य खेलकुद प्रतियाेगिताका लागि कर्णालीकाे पुरुष फुटबल टिम तयार गर्न जुम्लामा प्रतियाेगिता हुन लागेकाे हाे ।
जुम्लामा आजदेखि सुरु हुने प्रतियाेगिताकाे उद्घाटन खेल (पहिलाेखेल) दिउँसाे साढे १२ बजेपछि हुम्ला र जाजरकाेट बीच हुने जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले बताए । । उनका अनुसार प्रतियाेगिताकाे फाईनल १८ गते हुने छ ।
आज हुने पहिलाे खेलबाट जितेकाे टिमले १६ गते दिउँसाे १२:३० कालिकाेट संग खेल्नु पर्ने छ । जिजेकाे टिम फाईनलमा जाने छ।
त्यस्तै फागुन १६ गते विहान ९:३० बजेकाे खेलमा सुर्खेत र मुगुबीच खेल हुनेछ । जितेकाे टिमले जुम्ला संग खेल्ने छ । जुम्ला र सुर्खेतबीचकाे खेलमा जित्ने टिम फाईनल खेल्ने छ ।
नन्दा बक्स गण जुम्लाकाे खेल मैदानमा हुने प्रतियाेगिताकाे सम्पुर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ ।



