जुम्ला । जुम्ला प्रथम प्रदेश स्तरीय फुटबल प्रतियाेगिताकाे फाईनलमा प्रबेश गरेकाे छ । आज भएकाे सुर्खेत र जुम्ला बीचकाे खेलमा निर्धारित समयमा १/१ गाेल बराबर भएपछि खेल पेनाल्टि सुटआउटमा गएकाे थियाे ।
खेलकाे ७ मिनेटमा जुम्लाकाे टिमबाट जर्सी नम्बर ७ का खेलाडी रुविन भण्डारीले गाेल गरेका थिए । भने खेलकाे ७३ मिनेटमा सुर्खेतका जर्सि नम्बर १७ खेलाडी भरत नंगालले गाेल गरे । निर्धारित समयमा १/१ गाेल बराबर भएपछि खेलकाे निर्णय पेलान्टिमा गएकाे थियाे ।

पेलान्टि सुटआउटमा ५/५ गाेल गरेपछि पुन:थप १/१ पेलाल्टि गरिएकाे थियाे । जसमा जुम्लाले सुर्खेतलाई १ गाेल गर्याे । भने सुर्खेतकाे बल आउट भएपछि पेलाल्टि सुटआउटमा ५ का विरुद्द ६ गाेल गर्दै जुम्ला विजयी भएकाे छ ।
सुर्खेतसंग जितेसंगै जुम्ला प्रथम प्रदेश स्तरीय फुटबलकाे फाईनलमा प्रवेश गरेकाे छ । भाेली फाईनल खेल्ने छ ।
आजकाे दाेस्राे खेल कालिकाेट र हुम्लाबीच हुँदै छ । जितेकाे टिमले जुम्लासंग फाईनल खेल्ने छ ।



