बालुवाटार पुगे ओली,नयाँ सरकार बनाउनेबारे छलफल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

बालकोटमा सचिवालय बैठक सकिए लगत्तै अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि बालुवाटार पुगेका छन् । नयाँ सरकार बनाउनेबारे छलफल सुरु भएकाे स्राेतले बताएकाे छ ।

केहीबेर अघि पार्टीको सचिवालय बैठक सकेर ओली बालुवाटारतर्फ प्रस्थान गरेका हुन् । बालुवाटार जाने क्रममा आफ्नै निवास परिसरमा उपस्थित सञ्चारकर्मीसँग ओलीले संक्षिप्त प्रतिक्रिया दिए।

उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ‘टीआरसी’ मिलाउनु पर्ने बताए । उनले प्रधानमन्त्रीले बोलाएका कारण आफू बालुवाटार जान लागेको पनि प्रस्ट पारे ।

‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो,’ ओलीले भने, ‘यसो चिया खान बोलाएको होला ।’

उनले सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्न उपयुक्त हुने बताए । ‘सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीले जान्ने कुरा हो,’ उनले भने ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस