जुम्ला । स्वतन्त्र विधार्थी यूनियन जुम्ला वहुमुखी क्याम्पसले प्रदेश स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधी विजेता टिमलाई सम्मान गरेकाे छ ।
साेमबार एक कार्यक्रमकाे आयाेजना गरि उपाधी विजेता जुम्लाकाे टिमलाई सम्मान गरेकाे हाे । जुम्लामा गत फागुन १५ देखि १८ गते सम्म जारी प्रदेश स्तरीय फुटबलकाे उपाधी जुम्लाले जितेकाे थियाे ।
हुम्लालाई ०-४ गाेल गर्दै खेलकुदबाट जिल्लाकाे पहिचान बनाउन सफल खेलाडीकाे हाैसलाका लागि सम्मान तथा बधाई ज्ञापन गरिएकाे स्ववियू सभापति महेश हमालले बताए ।
खेल पूर्वाधार र नियमित अभ्यास गर्ने ठाउँ अभावका बीच उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडीकाे प्राेत्साहन जरुरी छ । उनले भने,’आगामी प्रतियाेगितामा पनि उत्कृष्ट खेल प्रर्दशन गरून्, भन्ने हाैसला दिन सम्मान गरेका हाै । जुम्लालाई कृषि,पर्यटनसंगै खेलक्षेत्रबाट पनि चिनाउन सकिने सम्भावना छ । सरकारले लगानी गर्न जरुरी छ ।’

यसैबीच आजै उपकुलपति कपकाे विजेता टाेलीलाई समेत सम्मान गरिएकाे स्ववियू सचिव जयकृष्ण जैशीले जानकारी दिए । खेलाडी उत्पादनका लागि नियमित आयाेजना र प्राेत्साहनका कार्यक्रम गर्नु पर्नेमा सचिव जैसीले जाेड दिए ।
विभिन्न ठाउँकाे सम्मानले खेल प्रतिकाे थप जिम्मेवारी बाेध र हाैसला प्राप्त भएकाे खेलाडीले बताएका छन् ।
सम्मानित हुनेमा विजेता खेलाडी विशाल थापा,कार्मा तामाङ,रुवेन भण्डारी,धुर्वजंग शाही,शिखर शाही,गाेविन्द शाही,महेन्द्र शाही,जीवन खत्री,केशव शाही,भक्त बहादुर राेकाया,प्रबेश बुढ्थापा,दिलिप मल्ल,विशाल थापा,विशाेषण विजय शाही,दल राेकाया र कप्तान संगम शाही लगायतका खेलाडी सम्मानित भएका छन् । भने,टिम काेच महेश बुढ्थापा,टिम म्यानेजर राज बहादुर खत्री पनि सम्मानित भएका हुन् ।



